logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

ओ साथी !


  • DB सर्वश्रेष्ठ
  • शनिबार, बैशाख ६ २०७७

बादल भित्र निसासिएर
छट्पटी भएको बेला,
तिमी आएको पल
म कहाँ भुल्न सक्छु र!

ओ साथी !
त्यो रात
उज्यालो प्रकाश बोकेर ,
लिन्ठीङ लिन्ठिङ गर्दै
मेरो दलिनमा आएको,
म कहाँ भुल्न सक्छु र !

ओ साथी !
मेरो सुन्दर सपनाको खेतीमा,
बनमाराका अनकान्टार
जंगार, बिचारका हतियारले
धस्त बनाएर ,
सपना फुलाउन माली
बनेर आएको,
म कहाँ भुल्न सक्छु र!

ओ साथी ,
तिमी जहाँ भए पनि
म आज सम्झिरहेको छु,
पल पलका कुरा
तिम्रो सुन्दर सपना,
तर तिमी आज
अफ्ट्यारोमा छौ !
तिमिलाइ थोरै
भए नि सयोग गर्न मन छ !
तिमी सगै उकालो
ओरालो हिड्ने मन छ!
त्यो देश खाने
धमिरालाइ
जलाउ मन छ ,
ओ साथी तिमी कहाँ
हराएको? म सम्झिरहेको छु
तिमिलाइ !
कहाँ भुल्न सक्छु र म?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार