logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लब निकट हजारौ मजदुरको सहभागीमा राष्ट्रिय सम्मेलन पोखरामा सुरु


  • राजनीति
  • मंगलबार, बैशाख १८ २०७५

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका छैठौ राष्ट्रिय सम्मेलन आज देखि पोखरामा सुरु भएको छ ।

१२९ औं मे दिवसको अवसर पारेर ‘एकीकृत जनक्रान्ति जिन्दावाद ! राष्ट्रघात, जनघात, भ्रष्टाचार र मजदुर आन्दोलन उत्पीडनका विरुद्ध हाम्रो अभियान !’ ‘एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्तिको लागि छैटौं राष्ट्रिय सम्मेलन !’ भन्ने नाराका साथ आजबाट राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

सम्मेलन अघि पोखराको विभिन्न स्थानबाट विशाल र्याली निकालिएको थियो । हजारौंको मजदुरहरुको सहभागितामा निस्कीएको र्याली सम्मेलनस्थलमा पुगेर समापन भएको थियो ।

सम्मेलनको उद्धघाटन नेकपाका स्थाई समिती सदस्य सन्तोष बुढाले गर्नुभयो । सो अवसरमा उहाले विगतका नेतृत्वकै गद्धारीका कारण मजदुरहरुले आफनो अधिकार पाउन नसकेको गुनासो गर्नुभएको छ ।

उहाँले मजदुरको हक अधिकारका लागी आफ्नो पार्टी नेकपा निरन्तर लडिरहने प्रतिबद्धता पनि जनाउनु भयो ।

त्यस्तै सम्मेलनलाई पोलिट ब्युरो सदस्य तथा जनसरकार प्रमुख उमा भुजेल(शिलु), केन्द्रीय सलस्य बन्धु चन्दलगायतले सम्बोधन गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार