राजनीति
नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये ३ जना निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार संक्रमित ६५ वर्षीय पुरुष हुन् । उनी विराटनगरको भएको बुझिएको छ ।