logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

न राहत न उद्धार : भ्रष्टाचारीको घेरामा सरकार


  • तुफान सिंह 'कालीकोट'
  • आइतबार, बैशाख ७ २०७७

विश्व नै काेराेनाकाे महामारी बाट आ’तंकित छ । मानव अस्तित्व रक्षाकाे लागी विश्व समुदाय लागी परिरहेका छन् । विश्व साम्राज्यवादीकाे नाइके डाेनाल्ड ट्रम्प आफ्नाे देशकाे जनता झिंगा मरे झै म’रि रहेकाे कुनै पर्वाह नगरी यस्ताे अवस्थामा विश्व स्वास्थ्य संगठन Who लाई दिदै आएकाे सहयाेग राेक्का गरेर आफ्नाे खुनी र रक्त पिपासु अनुहार विश्व सामु उदांगाे वनाएकाे छ । यसै बाट सहज अनुमान गर्न सकिन्छ की विश्व साम्राज्यवादीकाे नाईके कती सम्म क्रु’र र तानासाही हुन्छ भन्ने ।
बिस्वको २०० भन्दा बढी देश हरुमा कोरोना अपडेट: संक्रमित,२३३१८९२, मृ’त्यु ,१६०७६३, उपचार पछि घर फर्कियका,४९७१९४, नेपालमा ,३१ संक्रमित , उपचार पछि घर फर्कियका ३ जना। यता नेपालमा पनि नागरिकहरू काेराेनाबाट भयभित छन् । सरकारकाे सुरूकाे अवस्थाकाे लापर्वा’हीकाे कारण विस्तारै काेराेना फैलिदै गएकाे छ । यदी समयमा नै अन्तराष्ट्रिय उडानहरू वन्द गरे पनि, विदेशबाट आएकाहरूलाई अनिवार्य राज्यकाे तर्फ बाट नै क्वारेन्टाइनमा राख्ने,भारतिय नाकाहरूमा कडाई गर्ने, भारतिय नाकाबाट नेपाल भित्रीने नेपालीहरूकाे लागी पनि अनिवार्य क्वारेन्टायनमा बस्ने व्यवस्थापन गर्न सकेकाे भए सायद अहिले नेपालमा यती भया’वहकाे स्थिती आउने थिएन । सरकार यसमा चु’केकाे छ ।
यसका वावजुद सरकारले देशमा लकडाउनकाे घाेषणा गर्याे, जुन अनिवार्य पनि थियाे । तर पुर्व जानकारी विना नै अपरझट गरेकाे लकडाउनले अर्काे सम’स्या देखिदै छ । सहरमा घर हुनेहरूले पनि आफ्नाे वन्दाे वस्ती मिलाउन समय पानन् । उता श्रम गरेर जिवन यापन गर्ने अधिकांस विभिन्न गाउवाट आउने श्रमिक वर्गहरू आफ्नाे गाउ फर्किन सकेनन् । जसले गर्दा उनिहरूकाे कमाई नहुदा भाेकै म’र्नु पर्ने अवस्था आई रहेकाे छ ।

यसैकाे फल स्वरूप लकडाउनकाे कुनै पर्वाह नगरी ८/१० दिन सम्म भाेक भाेकै पैदल यात्रा तय गरेर आफ्नाे गाउ घर फर्किने क्रम जारी रहेकाे देखिन्छ । यसरी आफ्नाे गाउ जान लागेकाहरूलाई पनि विच विचमा राज्यले अवराेध गर्ने गरेकाे फर्काउने गरेकाे देखिन्छ । सायद यती मात्र राज्यकाे दायित्व नहुनु पर्ने हाे । आफ्ना देशका नागरिकलाई कित सुरक्षित तवरले आफ्नाे गाउ सम्म जानकाे लागी व्यवस्थापन गर्नु पर्छ, साे गर्न नसके जाे जाहा वसेकाे छ तिनीहरूकाे लागी खानपीनकाे व्यवस्थापन गर्नु पर्ने राज्यकाे दायीत्व हाे । यि सवै कुराकाे प्रभावकारी व्यवस्थापन गर्न पनि सरकार चुकेकाे देखिन्छ ।

दैनिक ज्यालादारी गरेर जिवन यापन गर्नेहरूकाे लागी सरकारले केही राहतकाे व्यवस्था गरेकाे भए पनि यसकाे फितलाे कार्यन्वयन, अनुगमनकाे अभाव ले गर्दा साच्चिकै राहत पाउनु पर्नेले पाउन नसकेकाे, राहत वितरणमा पनि पक्षपात गरिएकाे, जन प्रतिनीधीहरूले नै भ्रष्टचार गरी गुणस्तरहीन खाद्ध सामाग्रीहरू वितरण गरि नागरिककाे स्वास्थ्य माथी नै खेलवाड गरिएकाे छ । यस्ता गतिविधीकाे वारेमा ध्यान पुर्याउन न सक्नु, स्पष्ट कार्य निर्देशिका तयार गरेर लागु गर्न न सक्नु पनि सरकारकाे अर्काे कमजाेरी भएकाे छ । नागरिकलाई अत्यावश्यक खाद्धन्न सामाग्रीहरूकाे सहज र सरल तरिकाले उपलव्ध गराउने राज्यकाे दायीत्व हाे । तर अहिले साे अवस्था देखिदैन । अत्याधिक मुल्य वृद्धी भएकाे छ । अखाद्ध तथा गुणस्तरहीन सामाग्रीहरू चर्काे मुल्यमा किन्नकाे लागी उपभाेक्ताहरू बाध्य भएका छन् । काला वजारीहरू सलवलाएका छन्। राज्यले वजार अनुगमण गर्दैन, मानाै याे राज्यकाे जिम्मेवारी नै हैन भने जस्ताे गरी वसेकाे छ । काेराेना वाट नेपाललाई जाेगाउन सरकारलाई प्रसस्तै समय र अवसर थियाे । तर साे समयकाे सदुपयाेग सरकारले गर्न सकेन । चिनवाट फैलिएकाे माहामारी २ महिनामा विश्व व्यापी भैसक्दा सम्म सरकार कुम्भकर्ण निन्द्रामा पर्याे । नत राेग फैलिन नदिन वचाउका उपायहरू नै अवलम्वन गर्याे नत आैषधी र स्वास्थ्य उपकरणहरूकाे व्यवस्थापन नै गर्न सक्याे । यस्ताे विषम परिस्थितीमा पनि माैकामा चाैका हान्ने दाउले आैषधी तथा स्वास्थ्य उपकरण खरिदमा कराेडाै भ्रष्टचारमा सरकारका मन्त्रीहरू नै सहभागी भए । भ्रष्टचारकाे वि’रू’द्ध जनस्तरबाट गरिएकाे खवरदारीलाई वे माैसमकाे वाजा जस्तै भनेर देशका प्रधान मन्त्रीले राष्ट्रकाे नाममा संवाेधन गरी भ्रष्टचारी कै पक्षमा वकालत गर्न पछी परेनन् । सामान्य आैषधी गरिद गर्न नसके पछी साे कार्य गर्न सेनालाई जिम्मा दिएर स्वास्थ्य मन्त्रालयलाई नै निकम्मा सावित गरि दिए प्रधान मन्त्रीले । स्वास्थ्य मन्त्रालयकाे अगुवाईमा नै मा’हामारी राेकथाम तथा नियन्त्रण गर्नु पर्ने विषम परिस्थितीमा भ्रष्टचारकाे अभियाेगले मन्त्रीलाई ठाडाे शिर हुन दिएन । अख्तियारमा समेत उजुरी परि सकेकाे अवस्थामा नैतिकताकाे आधारमा राजिनामा गरी छानविन गर्न सहज बनाई दिनु पर्ने आवश्यकता महसुस गरेनन् स्वास्थ्य मन्त्रीले । न त प्रधान मन्त्रीले नै हटाउन सके । यि सबै कुराहरूकाे विश्लेशण गर्दा भ्रष्टचारीकाे मुख पनि हेर्दिन भनेर भाषण गर्दै हिड्ने प्रधान मन्त्री कसकाे घेरा भित्र छन् ? नेपाली जन जनले प्रश्न उठाउन थालेका छन् । यही रवैयावाट सरकार चलाउने हाे भने संवृद्ध नेपाल र सुखी नेपालीकाे नारा मात्र चुनावकाे लागी थियाे भनेर बझ्नु नै पर्ने भयाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार