logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

यो कम्युनिस्ट बिचार पो’लेर खाने बुर्जुवाहरुको सरकार हो : मोहनचन्द्र अधिकारी


  • राजनीति
  • सोमबार, बैशाख ८ २०७७

नेपाल कम्युनिस्ट आन्दोलनका शिखर पुरुष हुन् मोहनचन्द्र अधिकारीले अहिले सरकार नेता कम्युनिस्ट नभएको बताएकाछ्न । हालका कम्युनिस्ट पार्टीका अग्रज र गुरु मानिने अधिकारीले वर्तमान सरकार र सरकारको नेतृत्वकर्ता दलका नेताहरुमा अलिकति पनि कम्युनिस्ट चरित्र नभएको दलिल पेश गरेकाछन । वर्तमान नेतृत्वमा कम्युनिस्ट चरित्र भए जनताले यस्तो दुःख नपाउने उनको भनाइ छ । रातोपाटी लाइ दिएको अन्तर्वार्तामा उनले यस्तो बताएकाछन ।

नेपालका नेल्सन मण्डेला भनेरसमेत चिनिने अधिकारीले राजनीतिक मुद्दामा झण्डै १७ वर्ष जे’ल जीवन बिताएका थिए । तर लामो समय आफू संलग्न रहेको पार्टी अहिले सरकारमा भए पनि अधिकारीलाई वर्तमान सरकार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को काम गराई पटक्कै चित्त बुझेको छैन । उनी भन्छन्, ‘यो कम्युनिस्ट सरकार होइन, नेताहरु कम्युनिस्ट पनि होइनन् ।’

किन त ? भन्ने प्रश्नमा उनको छोटोे जवाफ छ, ‘जनताप्रति जिम्मेवार र उत्तरदायी नभएपछि नाम राख्दैमा कम्युनिस्ट हुँदैन ।’
अहिले त मुलुकमा कम्युनिस्ट सरकार छ । कम्युनिस्ट सरकार त जनताप्रति बढी जिम्मेवार र जनउत्तरदायी हुनुपर्ने होइन र ?

मैले यो सरकारलाई कम्युनिस्ट सरकार भनेको छैन । यो सरकारमा रहेको पार्टीलाई कम्युनिस्ट पार्टी पनि म भन्दिनँ । त्यसैले यो कम्युनिस्ट सरकार पनि होइन, यिनीहरु कम्युनिस्ट पनि होइनन् । यदि मुलुकमा कम्युनिस्ट सरकार भएको भए कोरोनाको महा’मारी हुँदा जनतालाई पाल्नु पर्दैन ? भोट माग्ने बेलामा चाहीँ जनताको सेवा गर्छु भन्ने अनि जनता अहिले सम’स्यामा पर्दा केही नगर्नेलार्ई कसरी कम्युनिस्ट र कम्युनिस्टको सरकार भन्नु ?

कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकार कस्तो हुनुपर्ने हो तपाईको विचारमा ?

कम्युनिस्ट सरकारले जनताको सेवा गर्ने हो । कमसे कम जनताको गाँस, बास र कपासको व्यवस्था सरकारले गर्नुपर्ने हो । यो सरकारले ती काम गर्न सकेन । लाखौँ जनता विदेशमा छन् । ती कोरोना भाइरसको जोखिममा छन् । कति त मरिसकेका पनि छन् । उनीहरुप्रतिको दायित्व खोई ? त्यसैले यो सरकार बुर्जुवा सरकार हो । यिनीहरुले कम्युनिस्ट सिद्धान्त र विचार पो’लेर खाइसके ।

भनेपछि काँग्रेस सरकारले जति पनि काम गरेन भन्ने तपाईको गुनासो हो ?

सबै काँग्रेसले लिएको नीति यिनीहरुले अनुसरण गरेका छन् । काँग्रेस अहिले प्रतिपक्षमा छ तर अब काँग्रेस पनि रहने हो वा होइन भन्ने भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार