logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्याब्सन र एन प्याब्सनको कार्यालयमा तालाबन्दी


  • राजनीति
  • बुधबार, बैशाख १९ २०७५

विद्यार्थी संगठनहरुले निजी विद्यालयले चर्को शूल्कवृद्धि गर्दा पनि उदासिन रहेको भन्दै प्याब्सन र एन प्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन्।

अनुगमनकारी निकाय नै निजी विद्यालयको चंगुलमा फसेर समग्र शैक्षिक क्षेत्रमा विकृति विसंगतीलाई मलजल गरिरहेको भन्दै विद्यार्थी संगठनले बुधबार निजी विद्यालयहरुको छाता संगठनमा नै तालाबन्दी गरेका हुन्।

विद्यार्थी संगठनले डिल्लिबजारस्थित प्याब्सन र कुपण्डोलमा रहेको एन प्याब्सनमा तालाबन्दी गरेका हुन्। शैक्षिक संस्था भित्र विकृति र विसंगति फैलाउन प्याब्सन, एन प्याब्सनले सहयोग पुर्याएको आरोप विद्यार्थी संगठनले लगाएका छन्।

संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिकाको अवज्ञा गरि शिक्षामा सिण्डिकेट कायम गर्दै शुल्क आतंक मच्चाउने कामको अगुवाई नै प्याब्सन र एन प्याब्सनले गरेको दाबी संगठनको छ। तालाबन्दी पछि अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ र अखिल छैठौले संयुक्त विज्ञप्ती निकाल्दै माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार