राजनीति
काठमाडौ उपत्यका लगाएत देशभर लकडाउनका कारण अलपत्र परेका सर्वसाधारण र मजदुरलाई घर सम्म पुर्याउन यातायात व्यवसायीहरु तयार गरेको बताएका छन।
महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सोमबार एक विज्ञप्ति जारी गर्दै राजमार्गमा हजारौं मजदुर पैदलै हिंडेर घर जाने अवस्था देखिएको भन्दै यातायात व्यवसायीको संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघले सर्वसाधारणलाई घर पुर्याउन तयार रहेको जनाएको हो ।
‘कोरोना भाइरस नियन्त्रणका लागि लागू भएको लकडाउनले लाखौं नेपाली यात्रु वर्गलाई ठूलो असर पर्न गएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘लाखौं यातायात मजदुरहरु हुन गएको, उनीहरुलाई रोजीरोटीको समस्या भएको र राजमार्गमा हजारौं यात्रु मजदुरहरुको बिचल्ली भई ठूलो समस्या भएकोले उनीहरुलाई घरसम्म पु¥याउन नेपाल सरकारले यो महासंघलाई सवारी पास र आवश्यक सुविधा यात्रु तथा मजदुर हितका लागि हामी नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको व्यवहोरा जानकारी गराउँछौं ।’
कडाउनको समयमा महासंघले सरकारलाई सहयोग गर्दै आएको भन्दै विज्ञप्तिमा आगामी असार मसान्तसम्मको कर, राजश्व र बैंकको ब्याज मिनाहा गर्न माग गरेको छ ।
यस्तै ६ महिनाको किस्ता अवधि बढाइदिन माग गरिएको छ । यस्तै महासंघले सामग्र यातायात क्षेत्रको संरक्षणका लागि ‘यातायात संरक्षण आयोग’ गठनको माग अघि सारेको छ ।