logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वचालित सेनिटाइजर टनेल जडान


  • राजनीति
  • सोमबार, बैशाख ८ २०७७

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्वपट्टिको ढोकामा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ । प्रोगेसिभ इञ्जिनीयर्स एशोसिएशन गण्डकीले उक्त टनेल निर्माण गरेको हो ।

उक्त टनेलले पाँच सेकेण्डमा पूरा शरीर निःसङ्क्रमण गरिसक्ने छ । स्वचालित सेनिटाइजर टनेल बनाउँदा रु एक लाख ५० हजार खर्च भएको छ । टनेलको प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले आज शुभारम्भ गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा।बुद्धिबहादुर थापालाई हस्तान्तरण गर्दै इञ्जिनीयरहरुले कोरोना रोकथाममा प्रविधिको प्रयोगलाई जोड दिएर जोखिम न्यूनीकरणको थालनी गर्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठाका उपकुलपति डा।थापाले सेनिटाइजर टनेलले अस्पतालमा कोरोनाको संक्रमण फैलिन नदिन सहयोग पु¥याउने बताए । एशोसिएशन गण्डकीका कार्यवाहक अध्यक्ष महेन्द्रबहादुर गोदारले टनेलले पूरा शरीर सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरस मार्ने बताए ।

इञ्जिनीयरले प्राविधिक शिक्षाको उपयोग गरी टनेल निर्माण गरेको एशोसिएशनका सचिव सुरेश तिमिल्सेनाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार