logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सल्यानका एक युवामा काेराेना पाेजेटिभ


  • राजनीति
  • सोमबार, बैशाख ८ २०७७

सल्यानमा कोरोना भाइरस संक्रमण (कोभिड–१९) कोे द्रुत परीक्षणमा एक जना युवामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको छ।

शारदा नगरपालिका १ शीतलपाटी शिवजन माध्यमिक विद्यालयमा आरडिटी परीक्षण गरिएको थियो । जसमा ३२ वर्षीय युवाको रिपोर्ट भने पोजेटिभ आएको जिल्ला अस्पताल सल्यानले जनाएको छ।

शारदा नगरपालिकाले दुई स्थानमा आरडिटी शिविर राखेको थियो । जसमा ७९ जनाको परीक्षण गरिएको थियाे। शारदा नगरपालिका मार्केमा ३० जना र वडा नम्वर १ शितलपाटीमा ४९ आरडिटी गरिएको थियो। ती युवालाई अहिले जिल्ला अस्पताल सल्यानको आइसोलेसनमा राखिएको छ ।

ती युवा चैत ६ गते दुबईबाट आएका जिल्ला अस्पताल सल्यानका प्रमुख डाक्टर अर्जुन बुढामगरले जानकारी दिए। पोजेटिभ रिपोर्ट आएपछि पिसिआर जाँचका लागि स्वाब संकलन गरी सुर्खेत पठाउने तयारी गरिएको छ। ती युवाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार