logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

यो सरकार लाज नभएको हो : पुर्व मन्त्री श्रीपाइली


  • राजनीति
  • सोमबार, बैशाख ८ २०७७

काेराेेना महामारीले  जनताकाे जनजिवन कठिन र सहाराहिन बनिरहेको बेला सरकार भने अर्कै रोइलोमा भुलिरहेको छ ।सबै राजनीतिक दल र सबै निकाय एकताबद्ध भएर महामारी  बिरु’द्ध लड्ने बेला सत्तारूढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफुलाई पार्टी बिभाजन गर्न सजिलाे हुने गरि पार्टी बिभाजन सम्बन्धि अध्यादेश ल्याउने मन्त्रिपरिषद् बाट निर्णय गरेका छन् ।

अध्यादेश सार्वजनिक भए लगतै नेपाली राजनीति बृत निकै तातेकाे छ भने  सामाजिक सञ्जालमा सरकारकाे उक्त निर्णयकाे चर्काे आलोचना भएकाे छ। र केही ओली निकस्टहरुले उक्त निर्णयकाे बचाउ गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले जारी अध्यादेश प्रती गम्भीर शका गरेका छन । पुर्व गृहमन्त्री समेत रहेका प्रभाकरले आफै सग दुइ तिहाइ हुदाहुदै यस्ता अध्यादेश ल्याएको प्रती कडा असन्तुष्टी व्यक्त गर्दै अरुको पार्टी फुटाउने  आवश्यकता नरहेको भन्दै नियतमा खोट रहेको व्यक्त गरेकाछन

सामाजिक संजाल फेसबुकमा एक स्टाटस अप्लोड गर्दै शर्माले प्रधानमन्त्रीको नियत कतै पार्टी फुटाउने तिर उद्द्त रहेको शंका व्यक्त गरेका हुन ।

त्यस्तै अर्का युवा नेता तथा पुर्व मन्त्री दलजित श्रीपाइलीले सामाजिक संजाल मार्फत सरकारको कडा आलोचना गरेकाछन । उनले  यो सरकार लाजै नभएको भन्ने तर्क गरेकाछन । उनले यो सरकार जनता प्रती न्युनतम पनि जिम्मेवार नभएको भन्दै सरकार लाज पचेका हरुको हुल बन्न पुगेको अर्थ लाग्ने स्टाटस अप्लोड गरेका छन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार