logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

जंगीअड्डामा सुरक्षा प्रमुखहरूको जमघट


  • राजनीति
  • सोमबार, बैशाख ८ २०७७

नेपाली सेनाको मुख्यालय जंगीअड्डामा मुलुकका चार वटै सुरक्षा निकायका प्रमुखहरूको भेला सम्पन्न भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले सोमबार दिउँसो जंगीअड्डामा भेला भएर समसामयिक विषयमा छलफल गरेका हुन् ।

जंगीअड्डा स्रोतले यो भेटघाटलाई नियमित भनेको छ ।

एक उच्च सुरक्षा अधिकृतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक नेतृत्व सम्हालेपछि हरेक महिना सुरक्षा निकायको समन्वयात्मक छलफल गर्ने गरेका छन् । सोमबारको छलफल त्यसैको निरन्तरता भएको ती अधिकृतले दाबी गरे ।

उनले सोमबारको छलफलमा कोभिड–१९ नियन्त्रण र समन्वयबारे कुराकानी भएको पनि सुनाए ।

छलफलमा प्रधानसेनापति थापासहित नेपाल प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र गुप्तचर प्रमुख गणेश अधिकारी सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार