logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बैठक सौहार्द नभएपछि राष्ट्रपतिलाइ भेट्न गए प्रधानमन्त्री


  • राजनीति
  • मंगलबार, बैशाख ९ २०७७

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेर भेट गरेका छन्। बालुवाटारमा नेकपाको सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए।

सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपामा तरंग भएका बेला प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन्। यी दुवै अध्यादेशमा बालुवाटारमा नेकपा सचिवालय चल्दा चल्दै राष्ट्रपतिले हस्ताक्षर गरिसकेकी थिइन्।

मन्त्रिपरिषदको अध्यादेश जारी गर्ने निर्णय सोमबार नै गरेको थियो। सरकाले सिफारिस गरेको केही बेरमै राष्ट्रपति भण्डारीले दुवै अध्यादेश जारी गरेकी छन्। त्यसपछि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्।

नेकपाको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा विभिन्‍न कोणबाट छलफल भएको बताए। प्रधानमन्त्री ओलीले यसलाई ठूलो रुपमा नलिन आग्रह गरेको बताए पनि निर्णयबारे थप केही बोलेनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार