logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

१० गंभिर कारण जसले अमेरिकालाई संकटमा धकलिदियाे


  • एजेन्सी
  • मंगलबार, बैशाख ९ २०७७

STAMFORD, CONNECTICUT - APRIL 04: (EDITORIAL USE ONLY) Paramedic Randy Lilly, wearing personal protection equipment (PPE), rides in an ambulance with a male patient showing COVID-19 symptoms on April 04, 2020 in Stamford, Connecticut. Cases of coronavirus have been unusually high in the African American community. Stamford now has more than 1,000 confirmed coronavirus cases, the highest of any city in Connecticut. The majority of Stamford EMS calls are now for COVID-19 patients. John Moore/Getty Images/AFP (Photo by JOHN MOORE / GETTY IMAGES NORTH AMERICA / AFP)

अमेरिका यसबेला संसारकै सबैभन्दा बढी कोरोना महामारीबाट प्रभावित मुलुकका रुपमा देखिएको छ । पछिल्लो तथ्याँकअनुसार अमेरिकामा ७ लाख ७१ हजार २ सय १४ व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ भने ४१ हजार ३५६ जनाको मृत्यु भइसकेको छ । अघिल्लो वर्षको अन्तिम महिनाबाट चीनको बुहानबाट सुरु भएको यस महामारीले विश्वभर १ लाख ६८ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ भने २४ लाख ५२ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।

चीनको उहानबाट सुरु भएको महामारीले अहिले त्यहाँबाट करिब १२ हजार किलोमिटरको दुरीमा रहेको न्युयोर्क शहरलाई गाँजेको छ । आखिर अमेरिकानै किन यो महामारीबाट सबैभन्दा बढी प्रभावित भयो त ? यसका केही कारण छन्, जसले अमेरिकाको हालत खराब बनाइदियो र गम्भीर मोडमा पुगेको छ । विश्वकै शक्तिशाली मुलुकका रुपमा देखिएको अमेरिका किन अहिले शिथिल र गम्भीर मोडबाट गुज्रिरहेको छ । कोरोना महामारीले उग्ररुप लिनुको कारण के होला ? त्यसका १० कारणहरुलाई हामीले यहाँ खोतल्ने प्रयास गरेका छौं ।

१. चीनको उहानमा पहिलो संक्रमण देखिएको निकै पछि अमेरिकामा संक्रमण देखिएको हो । जनवरी १९ मा वासिंगटनमा पहिलो कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि विस्तारै अरु राज्यहरुमा पनि फैलिँदै गयो । तर अमेरिकी प्रशासनले लामो समयसम्म घटनाक्रमलाई बेवास्ता गरिदियो ।

२. कोरोना संक्रमण देखिएको र थुप्रै राज्यहरुमा फैलिएपछि मार्च २२ मा बल्ल राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय विपत्ति घोषणा गरेका थिए । त्यसपछि उनले प्रतिबन्धलाई ४ मेसम्म बढाएका थिए ।

३.चीनले बाहिरबाट आउने र भित्रिने सबै उडानहरु रोक्दासम्म त्यहाँबाट ४ लाखभन्दा बढी मानिस अमेरिका छिरिसकेका थिए । अमेरिकाले विदेशबाट आउने जहाजहरुलाई रोक्न निकै ढिला गरेको थियो । त्यतिमात्र होइन १६ मार्चसम्म अमेरिकाले सबै देशरुबाट आउने आवागमनलाई रोक्न सकेन । निकै पछि चीनबाट आउने जहाजहरुलाई रोकेपनि मानिसहरु अन्य देश हुँदै अमेरिका छिरिरहेका थिए । त्यसमा युरोपबाट छिर्नेहरुको संख्या पनि उल्लेख्य रह्यो ।

४. १४ मार्चमा कोरोना संक्रमणका कारण न्युयोर्कमा पहिलो मृत्यु भएको थियो । यद्यपि, त्यहाँका गभर्नरले ७ मार्चमै आपतकालको घोषणा गरेर सबैलाई घरमै बस्न निर्देशन दिएका थिए । तर त्यसलाई त्यहाँका मानिसहरुले गम्भीरताका साथ लिएनन् र अनियन्त्रित हुँदै गए । मानिसहरुको सोही अराजकताको परिणामस्वरुप २३ मार्चमा एउटा तस्बिर अमेरिकामा भाइरल भयो । गभर्नरले आपतकाल घोषणा गरेकै बीचमा न्युयोर्कको एउटा तटमा सयौं मानिसहरु भेला भएको उक्त तस्बिरले राज्यलाई थर्कमान बनाइदियो । त्यसपछि लकडाउनलाई थप कडा बनाउन गभर्नरले आदेश दिए ।

५. चीनमा कोरोना महामारी तिव्ररुपमा फैलिरहेका बेला अमेरिकाले त्यहाँ थुप्रै व्यक्तिगत सुरक्षा उपकरण दियो । अमेरिकाले चीनलाई सहयोग गरिरहँदा उक्त भाइरस युरोप हुँदै संसारका थुप्रै देशमा फैलिइसकेको थियो । त्यसपछि पनि अमेरिकाले बढ्दो घटनाक्रमको ख्याल गरेन । सुरुमा अरु देशलाई सुरक्षा सामाग्री बाँडेको अमेरिकाले अन्तिममा आफ्नोमा आपत पर्दा सुरक्षा उपकरणहरु जोहो गर्न ध्यान दिएन, अहिले त्यहाँ सामाग्रीको व्यापक अभाव देखिँदै गएको छ ।

६. त्यस्तै अर्को महत्वपूर्ण कुरा भनेको राज्यका गभर्नरहरु र स्वास्थ्य विभागका शीर्ष विशेज्ञहरुसँग राष्ट्रपति ट्रम्पको अन्तरविरोध बढ्नु । राष्ट्रपति ट्रम्पले उनीहरुको विचारलाई बेवास्ता गरिदिनाले महामारीको उचाई घट्नुको साटो बढिरहेको देख्न सकिन्छ । अमेरिकाका विशेषज्ञ डाक्टर फोसेसँग राष्ट्रपति ट्रम्पको टकराव बढ्नुनै यसको ज्वलन्त उदाहरण हो । न्युयोर्क लगायतका राज्यका गभर्नरहरुसँग पनि उनको निकै ठुलो टक्कर जारी छ ।

७. राष्ट्रपति ट्रम्पले कोरोना महामारीसँग अमेरिकी प्रशासनले विजय प्राप्त गर्ने कुरा लगातार बताउँदै आएका छन् । उनले यसबाट कुनै खतरा छैन भन्ने अभिव्यक्ति दिँदै आएका छन् तर मृत्यु हुनेको संख्या आधा लाखको हाराहारी पुगिसकेको छ । यसमा ट्रम्प प्रशासनले सतही विश्लेषण गरेकोले अवस्था गम्भीर हुँदै गएको प्रष्ट हुन्छ ।

८.महामारी विरुद्ध मिलेर लड्नुको साटो राष्ट्रपति ट्रम्प विश्व स्वास्थ्य संगठनको विरुद्धमा खनिदै आएका छन् र सो संगठनलाई उपलव्ध गराउँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेका छन् । उनले विश्व स्वास्थ्य संगठनलाई चीनतर्फ ढल्किएको आरोप समेत लगाउँदै आएका छन् । यसले पनि ट्रम्प प्रशासन महामारी विरुद्धको लडाइँमा केन्द्रीत हुनुको साटो बाहिरी अन्तरविरोधमा फसेको देखिन्छ । जसले अमेरिकी जनतालाई थप कष्टकर परिस्थितितर्फ धकेलिदियो ।

९.राष्ट्रपति ट्रम्पले निकै समय कोरोना भाइरसको उत्पतिको विषयमा चीनसँग टक्कर गरे । अहिले पनि उनको टक्कर जारी छ । चीन र अमेरिकाका बीच यो भाइरस उत्पतिका विषयमा निकै आरोपप्रत्यारोप चलिरहेको छ । सुरुका महत्वपूर्ण दिनहरु ट्रम्पले यसरी खेर फालिरहँदा अरु देशहरु महामारी रोकथाममा पूर्णरुपमा लागिसकेका थिए । त्यसकारण अमेरिकाका लागि महत्वपूर्ण समय चिप्लियो ।

१०.अमेरिकामा अहिले संकट यति गहिरिँदै गएको छ कि केही दिनअघि क्यालिफोर्निया, न्युयोर्क, मिचिगन, वासिंगटन लगायतका राज्यका स्वास्थ्यकर्मीहरु भेन्टिलेटर, मास्क र गाउनको अभाव भएको भन्दै सडक प्रदर्शनमा उत्रिएका थिए । यसले के पुष्टि हुन्छ भने अमेरिकाले महामारी रोकथामका लागि ती सामाग्री पुर्याउन सकेको छैन ।

अहिले त्यहाँ सबैभन्दा बढी न्युयोर्कमा मात्र १८ हजार २ सय ९८ जनाको मृत्यु भएको छ भने न्यु जेर्सीमा ४ हजार २ सय २ जनाको मृत्यु भएको छ । न्युयोर्कमा मात्र २ लाख ४७ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने न्युजेर्सीमा ८५ हजार ३ सय १ जना संक्रमित देखिएका छन् । त्यस्तै म्यासाच्युसेट्समा १७ सय जनाको मृत्यु भएको छ भने ३८ हजारभन्दा बढी संक्रमितहरु फेला परेका छन् । त्यस्तै क्यालिफोर्नियामा १ हजार १ सय ७७ जनाको मृत्यु भएको छ भने ३१ हजार ५ सय २७ जना संक्रमित भएका छन् । उता, मिचिगनमा २ हजार ३ सय ९१ ज्नाको मृत्यु भएको छ भने ३१ हजार ४ सय २४ जना संक्रमित देखिएका छन् । यसैगरी अन्य राज्यहरुमा पनि मृत्यु हुने र संक्रमितहरुको संख्या देखिँदै गएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार