विश्वभर कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २५ लाख नाघेको छ । अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख ३० हजार पुगेको हो ।
विश्वभर भाइरसको कारण मृ’त्यु हुनेको संख्या पनि एक लाख ७५ हजार पुगेको छ । भाइरसको कारण सबैभन्दा धेरै अमेरिकामा करिब ४४ हजार मानिसको मृ’त्यु भइसकेको छ भने इटालीमा २४ हजार ६ सयभन्दा बढीको मृ’त्यु भएको छ । त्यस्तै स्पेनमा २१ हजार ३ सयभन्दा धेरै मानिसको यो भाइरसको कारण मृ’त्यु भइसकेको छ । फ्रान्समा पनि यो भाइरसबाट मृ’त्यु हुनेको संख्या २० हजार २ सय नाघिसकेको छ ।
अहिलेसम्म अमेरिकामा भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ४ हजार पुगेको छ । अमेरिका यो भाइरसको कारण सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो ।
त्यस्तै स्पेनमा दुई लाख ५ हजार नाघेको छ भने इटालीमा पनि एक लाख ८४ हजारभन्दा धेरै मानिसहरु यो भाइरसबाट प्रभावित बनिसकेका छन् । फ्रान्समा पनि भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ५५ हजार नाघेको छ ।
विश्वभर अहिलेसम्म ६ लाख ६८ हजारभन्दा धेरै मानिस निको भएर घर फर्किसकेका छन् । जर्मनीमा सबैभन्दा धेरै ९५ हजारभन्दा बढी मानिस निको भएका छन् भने स्पेनमा ८२ हजार तथा चीनमा ७७ हजारभन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन् ।
भारतमा ६ सय ३ जनाको मृ’त्यु भएको छ भने १९ हजार संक्रमित भएका छन् ।