logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

किन भारतले र्‍यापीड किटमा प्रतिबन्ध लगायाे ?


  • राजनीति
  • बुधबार, बैशाख १० २०७७

र्‍यापीड टेस्ट कीटबाट गरिने कोभिड–१९ को परीक्षणमा समस्या देखिएपछि भारतको इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर) ले राज्यहरुलाई त्यसको प्रयोग स्थगन गर्न निर्देशन दिएको छ ।

कोरोनाभाइरसविरुद्धको एन्टीबडी शरीरमा छ कि छैन भनेर जाँच गर्ने कीटले सही नजिता नदिएको भन्दै विभिन्न राज्यले जानकारी दिएका थिए ।

भारतले परीक्षणको दायरा बढाउन चीनबाट १० लाख कीट आयात गरेको थियो । अन्य देशले पनि चीनबाट आयात गरिएको कीटमा समस्या देखिएको बताए पनि बेइजिङले कीटको गुणस्तर ठीक रहेको दाबी गर्दै आएको छ ।

भारतमा कम्तिमा ३ राज्यले कीटले दिने नतिजाको विश्वसनीयतामा प्रश्न उठाएका थिए । राजस्थानले त कीट नै प्रयोग नगर्ने बताएको थियो ।

ती राज्यका अधिकारीहरुले कीटले ५ प्रतिशत मात्र सही नतिजा दिने गरेको बताएका छन् । पहिले नै पोजेटिभ प्रमाणित भएका बिरामीमा कीट प्रयोग गर्दा नजिता नेगेटिभ देखाएको उनीहरुले बताएका छन् ।

योसँगै आईसीएमआरले दुई दिनका लागि सबै राज्यहरुलाई परीक्षण बन्द गर्न निर्देशन दिएको छ । आईसीएमआरले कोभिड–१९ को प्रमुख ‘डायगोनिस्टिक टुल’ का रुपमा र्‍ यापीड टेस्ट कीटलाई बनाउने विषयमा पहिले नै सावधानी गराएको जनाएको छ ।

धेरै देशका वैज्ञानिहरुले लामो समय लागे पनि ल्याबबाट गरिने परीक्षण नै कोभिड–१९ का लागि उत्तम परीक्षण विधि भएको बताउँदै आएका छन् ।

बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार