राजनीति
पोखरा-बेलायतमा को’रोनाका कारण थप एक जनाको मृ’त्यु भएको छ ।
याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आउनुभएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा नि’धन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताउनुभयो ।
आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालले परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृ’त्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।