logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रहरीका २४ डीएसपी एसपीमा बढुवा, को–को परे ? (हेर्नुहोस् सूची)


  • राजनीति
  • बिहिबार, बैशाख ११ २०७७

नेपाल प्रहरीका २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन् ।

बुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम ४ को प्रावधान अनुसार उनीहरूको बढुवा सिफारिस गरेको हो ।

डीएसपीबाट एसपीमा बढुवा हुनेमा पहिलो नम्बरमा तुलबहादुर कार्की रहेका छन् । त्यस्तै क्रमशः दोस्रोमा होबिन्द्र बोगटी तेस्रोमा बेद विष्ट र चौथोमा राकेश सिँह रहेका छन् ।

यस्तै क्रमशः राजिब बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिँह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजज सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुँयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रबिण धताल, दयानिधि धिताल र राजेन्द्रप्रसाद धमला रहेका छन् ।
यहा हेर्नुस नामावली

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार