logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

थप २ मा कोरोना संख्या ४७ पुग्यो


  • एजेन्सी
  • बिहिबार, बैशाख ११ २०७७

बिहीबार फेरि कोरोनाभाइरसको थप दुई जना संक्रमित थपिएका छन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ४७ पुगेको छ।

प्रवक्ता विकास देवकोटाले उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण वर्ष ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै जनकपुरका १४ वर्षीया पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले बताए । उनले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।

यसैगरी आजै पाटन अस्पतालको आइसोलेनमा उपचार गराइरहेका दुई जना निको भएर घर फर्किएका छन् । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् ।
योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।

त्यस्तै मन्त्रालयले पीसीआर र आरडीटी विधिबाट हालसमम ४३ हजार ७२२ जनाको परीक्षण गरीएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार