राजनीति
समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई लिन प्रधानमन्त्री केपी शर्मा ओलीलकै सल्लाहमा नेकपा नेता महेश बस्नेत, पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपा सांसद किसानसिंह श्रेष्ठ पुगेको खुलेको छ।
यो कुरा पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेत स्वयमले स्वीकार गरेका छन्। उनले आफूमाथि समाजवादीका सांसदको अप’हरण आरोप लागेपछि सञ्चारकर्मीहरुसँग बोल्दै बालुवटारकै सल्लाह अनुसार आफूहरु जनकपुर पुगेको बताएका छन्।
लकडाउनका बेला भक्तपुरमै अत्यधिक सक्रिय रहेको अवस्थामा नाकामा सवारीसाधन र यात्रुका सम’स्या बुझ्दै पूर्व आईजीपी खनालसहित आफू जनकपुर पुगेको उनले स्पष्टीकरण दिएका छन्।
‘उच्चस्तरीय संयन्त्रसँग कुरा गरेर भक्तपुर जगातीको नाकामा हेर्न जाऊँ भन्ने कुरा भयो। पूर्व आईजीपी पनि सँगै जाऊँ भनेर जानुभएको हो। त्यसपछि हामी निरीक्षण गर्न गएका थियौँ। विभिन्न नाका हेर्दै हामी जनकपुर पुग्यौं’, बस्नेतले भनेका छन्, ‘हामीलाई समाजवादीका सांसद डा. सुरेन्द्र यादवले उतैबाट फोन गर्नुभएको थियो। सचेतक उमाशंकर अरगरियाले पनि फोन गर्नुभएको हो। हामीले उहाँलाई खोजेको होइन, उहाँहरुले चाहिँ हामीलाई खोज्नु भएको हो।’
महोत्तरीको बर्दीबास पुगेपछि उतैबाट सम्पर्क भएकाले आफूहरु जनकपुरसम्म पुगेको बस्नेतले दाबी गरेका छन्। ‘समाजवादीका नेताहरुले हामीसँग सम्पर्क गरेपछि हामीले बालुवटारमा सम्पर्क गर्यौँ। बालुवाटारमा सम्पर्क गरेपछि लिएर आउनु भन्ने कुरा आयो’, उनले भने, ‘हामीले जनकपुरमा राजनीतिक कुरा गरेका हौँ। सुरक्षाकर्मी पनि सँगै थिए। सूर्यनारायण यादवको पनि हामीले राय लियौँ।’
बस्नेतले नेता यादवलाई अप’हर’णको आरोप प्रो’पोगण्डा गर्न सिपालु समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले लगाएको पनि दाबी गरेका छन्। ‘हामी आफ्नै गाडीमा आयौँ, उहाँहरु पनि आफ्नै गाडीमा आउनुभएको छ। हामीले कसरी मान्छेको अप’ह’रण गर्नु।’
बालुवटारले भनेअनुसार आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि बिहीबार बिहानकोे समय मिलाइदिएको पनि उनले दाबी गरेका छन्। तर यादवले बुधबारै राति साढे १० बजे पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको दाबी स्रोतले गरेको छ।
यादवको माग
स्रोतका अनुसार बालुवाटारमा पसेका डा. यादवले नयाँ पार्टी गठन गरेर सरकारमा आउने बताएका थिए। उनले आफूहरुसँग ८ जना सांसदहरु रहेको बताउँदै त्यसले पार्टी फुटाउन ४० प्रतिशत भन्दा बढी हुने बताएका थिए।
प्रधानमन्त्रीसँगको भेटमा यादवले आफ्नो पार्टीका दुईजनालाई मन्त्री बनाउनुपर्ने प्रस्ताव गरेको खुलेको छ। जसमा आफूलाई स्वास्थ्य मन्त्री बनाउनुपर्ने अडान यादवले लिएका थिए। उता अर्की नेतृ रेणु यादवलाई पनि मन्त्री बनाउनुपर्नेबारे त्यहाँ कुरा भएको थियो।
नेता बस्नेतले स्वीकारे अनुसार बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्ने गरी ५ देखि ७ जना सांसदका लागि समय पनि मिलाइएको थियो। ‘तर मेरियट होटलमा बसेका समाजवादीका नेताहरुलाई भेट्न हामी बिहान पुग्दा डा. बाबुराम भट्टराईका सहयोग विश्वदेव पाण्डेसहितले अपहरणको शैलीमा उठाएर लगिसकेछन्’, बस्नेतले भने, ‘उनीहरुले डा. यादवसहितलाई लगिसकेपछि हामीले प्रधानमन्त्रीसँग भेटाउन पाएनौँ।’
थापाले होइन भने
समाजवादी पार्टी नेपालका दुवै अध्यक्षले आफ्ना सांसदलाई अ’पर’हण गरिएको भनेर लगाएको आ’रोप’को प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले भने इन्कार गरेका छन्।
उनले समाजवादीका कोही पनि सांसद या नेताहरु बालुवाटारमा आएको जानकारी आफूलाई नभएको बताउँदै उनीहरुले सुरक्षा मागेको भए या कुनै ख’तरा भएको भए प्रधानमन्त्रीले नभइ गृहमन्त्रीलाई थाहा हुने उल्लेख गरे।
‘दुईतिहाइ नजिकको सरकार चलाइरहेका प्रधानमन्त्रीले कुनै अमुक दलका सांसदलाई उठाउन किन प्रहरी लगाउनु ? अहिले नै सरकारसँग करिब दुईतिहाइ छ, सरकारलाई किन चाहियो थप सांसद?’, थापाले प्रश्न गर्दै भने, ‘बाबुराम-उपेन्द्रजीहरु आफ्नो थैली बलियोसँग बाँध्न नसकेपछि अरुलाई आरो”प लगाउँदै हुनुहुन्छ। करोडका करोड खर्चिएर सरकारले सांसद किन्न लागेको आ’रो’प पनि सुनेँ। अहिले सरकारलाई अतिरिक्त सांसद चाहिएको छैन। आफ्ना सांसदको जगेर्णा गर्न नसक्नु वहाँहरुकै कम्जोरी हो।’
सरकार अहिले कोभिड-१९ वि’रु’द्ध डटिरहेको बताउँदै सल्लाहकार थापले यो बेलामा अन्य कुरामा ध्यान दिने फुर्सद नभएको पनि उल्लेख गरे। ‘सरकारले आफ्नो काम गरिरहेको छ’, उनले भने, ‘अरु दलका आन्तरिक कि’चलोमा किन हात हाल्नु? आफ्नो दलमा झगडा चर्काएर सरकारलाई आ’रोप थो’पर्नु त राजनीतिक चरित्र भएन नि!’
साइबर क्राइम लगाऊँ
बस्नेतले आफूमाथि अ’पह’रण आ’रोप लगाउनेमाथि साइबर क्रा’इम मु’द्दा चलाउनुपर्ने माग गरेका छन्। ‘बाबुरामजीका सहयोगी विश्वदीपले ट्वीट गरेर अप’हरण आ’रोप लगाए छन्। राजनीतिमा प्रोपोगाण्डा गर्ने शैली छ बाबुरामजीको’, उनले भने, ‘हामीमाथि आ’रोप लगाउनेलाई साइबर क्राइ’ममा मु’द्दा चलाउनुपर्छ । हाम्रा नाम राखेर नियोजित ष’ड’यन्त्रका साथ गल’त प्रचार भएको छ।’
अप’हरण कसले गर्यो?
बस्नेतले मेरियटमा बसेका समाजवादीका सांसदहरुलाई अशोक राईसहितले आएर अ’पहरण शैलीमा लगेको दाबी गरे। ‘उहाँहरु पार्टीमा बस्नु हुन्न, उहाँ लगायतलाई ठूलो दबाब सिर्जना गरिएको हो। अप’हरण गरेर बाबुराम भट्टराईले नै लानु भएको होला’, बस्नेतले भने ।
डा. यादवसहित नेकपामा प्रवेश गर्न खोजेका दाबी उनले गरेका छन्। तर बस्नेत, खनाल र श्रेष्ठलाई डा. यादवसहितका सांसद ल्याउने जिम्मेवारी बालुवाटारबाटै दिइएको कुरा उनीहरुले नै स्वीकारिसकेका छन्।
खनाल के भन्छन्?
उता पूर्व आईजीपी सर्वेन्द्र खनालले पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव आफ्नो साथी भएको बताएका छन्। यादवको ‘अप’हर’ण’ मा संलग्न भएको आ’रोप’बारे बोल्दै उनले आफू जनकपुर गएर आएको स्वी’कार गरेका छन्।
‘डाक्टर यादव मेरो साथी हुनुहुन्छ। उहाँसँग कुरा भएरै हामी (महेश, किसान र म) जनकपुर पुगेका हौं’, खनालले भनेका छन्, ‘तर हामीमाथि जुन किसिमले आ’रोप लगाइएको छ, त्यसमा कुन किसिमको सत्यता छैन।’
आफ्ना सांसद गा’यब पारिएकोबारेमा डा. बाबुराम भट्टराईका सहयोगी तथा समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले फेसबुकमार्फत खुलासा गरेका थिए। उनले डा. यादवको अप’ह’रण भएको भन्दै त्यसमा खनाल, बस्नेत र श्रेष्ठको संलग्ता रहेको विवरण फेसबुकबाट सार्वजनिक गरेका थिए।
खनालले यादवसँग पुरानो चिनजान रहेको बताउँदै उनैले काठमाडौं आउन चाहेपछि सँगै आएको बताए। तर आफूहरु अलग अलग गाडीमा आएको उनले बताए। खनालले बस्नेतलेझैँ यादवलाई नक्सालस्थित मेरियट होटलमा छाडेर आफूहरु फर्किएको बताए।
थाहखबर बाट