logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रधानमन्त्री राष्ट्रपति भेट्न शितलनिवासमा, के होला अध्यादेश ?


  • राजनीति
  • बिहिबार, बैशाख ११ २०७७

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न राष्ट्रपति भवन शीतलनिवास गएका छन् ।

पार्टीमा छलफल नै नगरी दुई अध्यादेश ल्याएपछि चर्को आलोचना खेपेका प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न बिहीबार साँझ शितल निवास पुगेका हुन् ।

प्रधानमन्त्री ओली शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि बिहीबार बिहान प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेतासँग अध्यादेशबारे छलफल गरेका थिए । उक्त छलफलमा ओली आफू अध्यादेश फिर्ता गर्न तयार भएको बताएका थिए ।

राष्ट्रपतिका सञ्चार विज्ञ भेषराज दाहालले राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवास आउनु सामान्य भएको बताए । उनले सरकारका कामबारे रिपोर्टिङका क्रममा यस्ता भेटघाट भइरहने बताए ।

पछिल्लो विकसित घटनाक्रमलाई लिएर कसरी अघि बढ्ने भनेर नेकपा अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु पनि आपसी छलफलमा जुटेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार