कोरोनाभाइरसको परीक्षण स्याम्पल बोकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को गाडीमाथि म्यानमारमा आ’क्रमण भएको छ । आ’क्रमणमा गाडीका ड्राइभरको मृ’त्यु भएको छ भने एक सरकारी अधिकारी ग’म्भीर घा’इते भएका छन् ।
डब्लूएचओका अनुसार सोमबार रखाइन राज्यको मिन्ब्यामा भएको उक्त आ’क्रमणमा २९ वर्षीय प्ये सोने विन माउङको नि’धन भएको हो । रोयटर्सका अनुसार गाडीमा अ’न्धाधुन्द गो|ली प्र’हार भएको थियो ।
डब्लूचओकी दक्षिणपूर्वी एसियाकी निर्देशक पुनम खेत्रापाल सिंहले स्वास्थ्यकर्मीमाथि हुने सबै खाले हिं’साको भ’त्सर्ना गरेकी छिन् । त्यस्तै, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि घ’टनाको वि’रोध गर्दै दो’षीमाथि का’रावहीको माग गरेका छन् ।
स्रोत : सीएनएन