राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले ११ बजे बालुवाटारमा मन्त्रीपरिषद् बैठक डाकेको एक मन्त्रीले जानकारी दिए। बैठकका एजेण्डाबारे भने आफू जानकार नभएको उनले बताए। ओलीले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा एक्कासी दुई अध्यादेश पेस गरी हतार–हतारमा राष्ट्रिपतिबाट पास गराए थिए।
यसको चौतर्फी आलोचना भएपछि उनी यो फिर्ता लिन तयारीमा रहेको बुभिएको छ । स्रोतका अनुसार यसै मन्त्रिपरिषद बैठकबाटै अध्यादेश फिर्ताबारे निर्णय हुने सम्भावना देखिएको छ । बिहीबार साँझ भैंसेपाटीमा बसेको नेकपा सचिवालयका ६ नेताहरुको बैठकले ओलीलाई अध्यादेश फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिएको थियो।