logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काठमाडौं प्रहरी प्रमुखमा ज्ञवाली अपराधमा थापा


  • राजनीति
  • शुक्रबार, बैशाख १२ २०७७

काठमाडौं प्रहरी परिसर प्रमुखको जिम्मेवारी एसएसपी श्याम ज्ञवालीले पाएका छन् । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी ज्ञवालीलाई दिएको हो ।

यसैगरी अपराध महाशाखाको जिम्मेवारी दीपक थापाले पाएका छन् ।

यसअघि ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए भने थापा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन शाखामा थिए ।

यसअघि अपराध महाशाखाको प्रमुखमा सहकुल थापा र काठमाडौं प्रहरी प्रमुखमा उत्तमकुमार सुवेदी रहेका थिए । उनीहरु दुबै बढुवा भएसँगै सो स्थानको प्रहरी प्रमुख रिक्त थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार