logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

उठ मजदुर साथी


  • डी बी सर्वश्रेष्ठ
  • शनिबार, बैशाख १३ २०७७

चट्टाको पहरा फोर्न उठ मजदुर साथी
दलालले खेल खेल्यो हाम्रो जिबन माथी
अब सत्ता माग्ने होईन खोस्नु पर्छ साथी
उठ्नु पर्छ सबै हामि कालो कानुन च्याति

अन्न बाली फलाएर जीवन दान्ने किसान
देश निर्माण गर्ने पनि सर्बहारा मजदुर
पसिनाले सिर्जिएर बनाएको दरबार
अन्नबाली उस्कै हुने किसानको घरबार

हाम्ले सिएको कपडाले सजिएर दामी
गहना पात लगाएर भन्छन् हाम्लाइ कामी
मजदुर किसान दबाउने मान्छे पनि कस्ता
हामी मिली ढाल्नु पर्छ पुँजीवादी सत्ता

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार