logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लकडाउनबारे यस्तो भयाे उच्चस्तरीय समितिमा निर्णय


  • राजनीति
  • शनिबार, बैशाख १३ २०७७

कोरोनाभाइरस रोकथाम तथा निय’न्त्रणका लागि जारी लकडाउन लम्ब्या’उने वा अरु विकल्प सोच्ने भ’न्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ ।

सरकारलाई आवश्यक सुझाव दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसिरहेको छ । समितिले दिने सुझाव अनुसार निर्णय लिन भोलिका लागि मन्त्रिपरिषदको बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पटक पटक लक’डाउनको समय थप्दै आएकोमा वैशाख १५ गते यसको अवधि समाप्त हुँदैछ ।

उच्चस्तरीय समितिले अहिलेको परिस्थितिको विश्लेषण गरेर लकडाउनको विषयमा सरकारलाई आवश्यक सुझाव दिनेछ ।

लकडाउनका कारण विगत १ महिनादेखि उद्योग, कलकारखाना, ब्यापार व्यावसाय, यातायातलगायत ठप्प छन् भने जनजीवन प्रभावित बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार