logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रहरीले अ’पह’रण मु’द्दा लिन मानेन, नेताहरु अझै टेकुमा


  • राजनीति
  • आइतबार, बैशाख १४ २०७७

 

पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ वि’रुद्ध जनता समाजवादी पार्टी, नेपालका नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले उ’जुरी लिन अस्वीकार गरेको छ ।

आइतबार दिउँसो नेताहरु डा बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरु उजुरी दिन परिसर पुगेपनि उजुरी लिन आ’नाकानी भएको हो । कार्यालय प्रमुख नभएको बहा’नामा पुगेको डेढ घण्टा बित्दासम्म पनि उजुरी नलिइएको पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले बताएका छन् ।

त्यस्तै साढे ४ बजेतिर परिसर प्रमुख श्यामलाल ज्ञवाली कार्यालयमा उपस्थित भएपनि आफूले उ’जुरी दर्ता गर्न नसक्ने जवाफ थिए ।

उनले जनता समाजवादीका नेताहरुलाई ‘म यो उजुरी दर्ता गर्न सक्दिनँ । तपाईँहरु जे गर्नुहुन्छ गर्नुस्’ भन्दै जवाफ दिएका थिए । उनले महोत्तरी घ’टना भएकाले त्यहीँ गएर उ’जु’री दर्ता गराउँदा ठीक हुने राय समेत दिएको नेताहरुले बताएका छन् ।

तर, उ’जुरी दर्ता नभएपछि जनता समाजवादीका नेताहरुले आ’क्रोश व्यक्त गरेका छन् ।

नेता भट्टराईले ट्वीटरमार्फत आक्रोश पोख्दै भनेका छन्, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अ’पहर’णसम्बन्धी मु’द्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इ’न्कार गरिन्छ भने ओ’लीतन्त्रमा का’नूनको शा’सन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?’

खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अ’पहर’ण गरेर काठमाडौं ल्याएको आ’रोप लागेको छ ।

अ’पहर’णमा परेका भनिएका यादव पनि सँगै प्रहरी परिसर पुगेका थिए ।

गत बुधबार महोत्तरीस्थित घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए भने त्यसको भोलिपल्ट यादव होटल मेरियटबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए ।

यता पार्टी फुटका लागि सांसदनै अ’पहर’णमा परेपछि बुधबार राति नै समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गरेर जनता समाजवादी पार्टी, नेपाल गठन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार