राजनीति
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् प्रमुख सचेतक देव गुरुङले पार्टीभित्र विचार र लोकतान्त्रिक मूल्य मान्यताको अभाव रहेको बताएका छन् । पार्टीको बैठक बसाएर पार्टीलाई वैचारिक रुपमा एक रुपता कायम गर्दै देशमा देखिएका चु’नौतीलाई सामूहिक रुपमा सामना गर्नुपर्ने उनले बताए । रातोपाटी टिभीलाई अन्तरवार्ता दिँदै नेता एकताब’द्ध तरिकाले गए मात्र कोरोना भाइरस विरु’द्धको सं’घर्षलाई जित्न सकिने उनले बताए । पार्टीमा छलफल र संवाद शुरु भएको र यसले पार्टीलाई गतिशील र रुपान्तरण गर्ने वि’श्वास उनले व्यक्त गरे ।
वि’खण्डन र वि’भाजित सोचले पार्टीलाई अन्ततः क्ष’ति नै पुर्याउने भन्दै उनले ती सोच त्याग्नका लागि नेताहरुलाई आग्रह पनि गरेका छन् । दुईटा पार्टीको एकीकरण भएको हुनाले अहिले संक्रमणकालको अवस्था नै रहेको बताउँदै उनले कुनै विषयमा असमझदारी भयो भने दुईटै अध्यक्ष बसेर छलफल गर्ने र दुईजना अध्यक्षको बीचमा कुरा मिलेन भने सचिवालय लगायत अन्य कमिटीमा छलफल गर्नुपर्ने बताए ।
कोरोना माहामारीसँग जुध्नका लागि मुलुक एक हदसम्म सफल भइरहेको अवस्थामा पार्टी र सरकारमा समझादारी सद्भाव हुनुपर्ने कुरामा उनले जोड दिए । सहमतीय मोडेलमा गयो भने भविष्यमा आउने कुनै पनि महामारीबाट लड्न सकिने बताउँदै उनले सोच र समझदारीमा एकरुपता ल्याउनमा जोड दिए ।
उनले भने, ‘पार्टी भनेको विचारको केन्द्र हो, सबै प्रकारका विचारलाई केन्द्रीत गर्दै एउटै प्रकारका डेमोक्रेसीको डालोमा गोलबन्द गर्दै देशका निम्ती र राष्ट्रका निम्ती कसरी अगाडि बढाउने मुख्य कुरा हो ।’ परम्परागत संसदमा गएर पार्टी फुटाउने, म र मेरो लागि भन्दै पदका लागि जे पनि गर्ने र पैसाका लागि जे पनि गर्ने प्रवृत्ति परम्परागत सोच भएको उनले बताए । यस्तो सोचले अहिलेको कोरोना महामारीलाई सामना गर्न नसकिने र भविष्यमा कुनै प्रकारका महामारीसँग जुध्न नसकिने धारणा उनले राखे । सोचमा परिवर्तन ल्याउन उनले पटक पटक आग्रह गरेका छन् ।
सोचमा परितर्वन आएन भने विदेशीहरुको क्रिडास्थल हुने चेतावनी दिँदै उनले त्यसले गर्दा डमोक्रेसीमा नै खतरा उत्पन्न हुने भन्दै सबैको ध्यानाकर्षण गराए । राष्ट्रिय अस्मितामा निकै ठूलो चुनौती रहेको उल्लेख गर्दै उनले विदेशीहरुको क्रिडास्थल बन्न नदिन आग्रह गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने प्रयासहरु भएको र गुटगत छलफलहरु पनि भइरहेको विषयमा जिज्ञासा राख्दा उनले संगठनात्मक रुपमा को कहाँ कसरी के गरिरहेका छन् त्यो ठूलो कुरा नहुने स्पष्ट पारे । उनले परम्परा संसदीय प्रणालीअनुसार मन्त्रीमण्डल फेर्ने, पद प्रतिष्ठाका लागि हारलुछी गर्ने, मारामार गर्ने, सांसद खरिद बिक्री गर्ने फोहरी खेलबाट माथि उठ्नुपर्ने प्रतिकृया दिए ।
सांसद अपहरणको घटना दुःखद भएको बताउँदै उनले यसलाई परम्परागत संसदीय प्रणालीको विसंगतिको संज्ञा दिए । यो घटनाले कम्युनिस्ट पार्टीलाई लज्जित बनाएको समेत उनले बताए । कानुनी रुपमा कसरी जाने त्यो राज्यको कुरा तर वैचारिक रुपमा पनि त्यसलाई समाधान गर्नुपर्ने बताउँदै उनले अहिलेको समयमा महामारीको विरुद्धमा केन्द्रीत हुनुपर्ने बेलामा पश्चगामी शैलीमा गएको टिप्पणी गरे ।
विचार र अभिव्यक्ति स्वतन्त्रतामा कतैबाट विर्को लगाउने काम कतैबाट हुन नहुने बताउँदै उनले पूर्व सचिव भीम उपाध्यायमाथि राज्यले गरेको व्यवहार गलत भएको दाबी गरे । ‘कुनै विचारमा चित्त बुझेन भने कुनै पनि मिडियालाई ह्याक गर्ने काम गर्नु भनेको एकले अर्काको भिन्न मतलाई निषेध गर्नु हो’ उनले भने । त्यस्ता सोचलाई त्याग्न पनि उनले सुझाव दिए । यस्तो सोच समान्ती र निरकुंश सोच भएको समेत उनले प्रतिकृया दिए । वैचारिक रुपमा समाधान खोज्नुको सट्टा प्राविधिक रुपमा विभिन्न खालका रोकटोक गर्ने र निषेध गर्ने काम पछिल्लो समयमा भइरहेको समेत उनले आरोप लगाए ।