logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

१० महिना पछि नेकपाका युवा नेता सुजन रिहा


  • राजनीति
  • मंगलबार, बैशाख १६ २०७७

नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाका युवा नेता तथा तत्कालीन कास्की सेक्रेटरी सुजन रिहा भएकाछन । १० महिनाको निरन्तर हिरासत बसाइ पछि उनि हिजो बेलुकी म्याग्दी बाट रिहा भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

राजनीतिक आस्थाकै आधारमा गिरफ्तार भएका सुजन निरन्तर लामो समय हिरासत बस्ने मध्यका नेता पर्दछन । ‘सुजन’लाइ गत साउन १२ गते कास्की बाट गिरफ्तार गरेको थियोे । बिगत १० महिना देखी प्रहरीले गण्डकी प्रदेशका विभिन्न जिल्लाका हि’रासतहरुमा पुर्याएर हिजो म्याग्दी बाट रिहा गरेको हो ।

सुजनलाइ यो भन्दा अगाडि अदालतले रिहाइ गरे पनि एउटै शिर्षकका मु’द्दामा फरक फरक जिल्ला घुमाउने र दुख दुने गरेको थियो ।

साउन १२ गते कास्की बाट गिरफ्तार परेका लोकेन्द्र बिक ‘सुजन’ १२ वर्षको उमेर देखी जनयु’द्धमा सहभागी भएका ब्यक्ती हुन । बझाङ्ग स्थायी घर भएका उनि जनयु’द्धकालिन गण्डक अभियान देखीनै कास्कीमा काम गर्दै आएकाछ्न । युवाहरु बिच लोकप्रिय छवी बनाएका सुजनको गि’रफ्तारी र लामो समयको हि’रासत बसाइले धेरै प्रश्नहरु उब्जिएको थियो ।

लगातार १० महिना देखी हि’रासतमा रहेका उनलाइ पछिल्लो समय पनि अभद्र ब्यवहारको मु’द्दा लगाएको थियो । उनलाइ गण्डकका ,कास्की,तनहुँ ,स्याङ्जा पर्वत बाग्लुङ हुदै बैशाख २ गते मात्र म्याग्दी जिल्ला पुर्याएको थियो । सुजन अदालतको आदेश पछि रिहाइ भएका हुन ।

नेकपा कास्कीका तत्कालीन सेक्रेटरी लोकेन्द्र विक ‘सुजन’ लाई प्रहरीले कार्यक्षेत्र गएकै केहि दिनमा गि’रफ्तार गरेको थियो । सुजनलाइ जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गत साउन १२ गते दिउसो साढे ३ तिर गि’रफ्तार गरेको थियो । गि’रफ्तार पछि उनलाइ प्रहरीले या’तना समेत दिएको नेकपा स्रोतले जनाएको थियो ।

पार्टी कामको शिलशिलामा रहेका सेक्रेटरी विकलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको मालेपाटनबाट गि’रफ्तार गरेर केहि समय उनको अवस्था अज्ञात राखेको थियो । त्यस अगाडी तनहुँ जिल्लाको सेक्रेटरी समेत रहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार