logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

संकटमा क्रा’न्तिकारीको साथ र सहयोग


  • राजनीति
  • मंगलबार, बैशाख १६ २०७७

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल (क्रा’न्तिकारी) मेची–कोसी क्षेत्रीय समन्वय समितिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीका कारण सहरमा बसेर अध्ययन गरिरहेका विद्यार्थी समस्यामा सहयोगी साथी बनेको छ । क्रा’न्तिकारीले धरानमा रहेका बिद्यार्थी लाइ राहत वितरण गरेको छ ।

क्रा’न्तिकारीको क्षेत्रीय समन्वय समितिको नेतृत्वमा प्रथम चरणमा राहत वितरण गरिएको हो । क्रा’न्तिकारीका क्षेत्रीय संयोजक पुष्प न्यौपानेका अनुसार प्रथम चरणमा ५ क्विन्टल चामल र ५० किलो दाल अति विपन्न र घर छोडेर पढ्न बसेका विद्यार्थीलाई वितरण गरिएको छ । यसक्रममा ३३ जना विद्यार्थीलाई प्रतिव्यक्ति १५ किलो चामलका साथै दाल वितरण गएिको छ ।

पूर्वका झापा, मोरङ र सुनसरी जिल्लामा राहत वितरणलाई तीव्र गतिमा अघि बढाइने बताइएको छ । खाद्यान्नको सहजीकरण क्षेत्रीय समन्वय समितिले गर्ने र वितरण भने जिल्ला समितिले नै गर्ने जानकारी संयोजक न्यौपानेले दिए । राहत वितरणलाई प्रभावकारी बनाउन एकाइ समितिका सदस्यहरूलाई समेत परिचालन गर्ने र नगरपालिकादेखि वडासम्म गएर समन्वय गर्ने क्रा’न्तिकारीले जनाएको छ ।

कोठा भाडा लिएर गाउँदेखि पढ्न आएका विद्यार्थीहरू भोकै बस्नु नपरोस् भन्ने आफ्नो उद्देश्य रहेको संयोजक न्यौपानले बताए । उनले प्रहरी प्रशासनलाई पनि यस कार्यमा बाधा नपुर्याउन अनुरोध गरे । उनले यसका लागि व्यवसायी, समाजसेवी, प्राध्यापक, शिक्षक, कर्मचारीलगायतलाई सहयोगका लागि आह्वानसमेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार