logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

चिनमाथी गंम्भिर अनुसन्धान गरिरहेका छाै : ट्रम्प


  • राजनीति
  • मंगलबार, बैशाख १६ २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसमाथि चीनको प्रतिक्रियाको विषयमा ‘अत्यधिक गम्भीर अनुसन्धान’ सुरु भएको जानकारी दिएका छन् ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो कुरा बताएका हुन् ।

उनले भने, ‘हामी चीनसँग खुसी छैनौं, हामी पूरा परिस्थितीसँग खुसी छैनौं किनभने हाम्रो मान्यता यो छ कि यो त्यहिँ रोक्न सकिन्थ्यो जहाँबाट यो सुरु भयो ।’

ट्रम्पले कोरोनाभाइरसलाई तुरुन्तै रोक्न सकिनथ्यो र यो संसारभरी फैलन पनि पाउँदैनथ्यो भन्दै जिकिर गरेका छन् ।

चीनमाथि इशारा गर्दै ट्रम्पलाई भने, ‘उनीहरुले हामीलाई मात्रै होइन पूरा संसारलाई नै बचाउन सक्थे ।’

अमेरिकी राष्ट्रपति लगातार कोरोनाभाइरसको महामारीका लागि चीनमाथि अत्यधिक आलोचना गर्दै आएका छन् र आफूले यो महामारी नियन्त्रण गर्नका लागि अमेरिकाको सीमालाई चीनका लागि बन्द गरिदिएको पनि बताउने गरेका छन् ।

केही स्वास्थ्य विशेषज्ञले चीनसँग तयारीको पर्याप्त समय हुँदासमेत यसबारे बेवास्ता गरेको आरोप लगाउने गर्छन् ।

ट्रम्पको भनाई छ, ‘जे जति भयो त्यसका लागि एक देशलाई जिम्मेवार देखाउनु, यो कसैले पनि स्विकार गर्नेछैन ।’

पत्रकार सम्मेलनका बेला अमेरिकी राष्ट्रपतिलाई नोभेम्बरमा आयोजना हुने राष्ट्रपति चुनाव स्थगित गर्नेबारे विचार गरिरहनुभएको छ भनेर प्रश्न सोधियो ।

यसको उत्तर दिँदै उनले भने, ‘मैले चुनावको मिति सोच्नेबारे कहिले पनि सोचको छैन । म यस्तो किन गरुँला ? ३ नोभेम्बर । यो एउटा राम्रो नम्बर हो ।’

ट्रम्पले यसलाई एउटा प्रोपोगान्डाको संज्ञा दिएका छन् ।

स्रोतः बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार