logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

संक्रमितकाे उपचाररत डाक्टरकाे दुनियाँ रुवाउने आत्मह’त्या,


  • राजनीति
  • बुधबार, बैशाख १७ २०७७

अमेरिकामा कोरोना संक्रमित बिरामीहरुको उपचारमा संलग्न डाक्टरले आ’त्मह’त्या गरेकी छिन् । स्थानीय प्रहरीका अनुसार उनको मृ’त्यु आइतबार भएको हो । न्युयोर्कको प्रेस्बिटेरियन एलेन अस्पतालमा कार्यरत डाक्टर लोर्ना ब्रेनले आ’त्मह’त्या गरेकी हुन् । उनी अस्पतालमा आ’पतकालीन विभागको मेडिकल निर्देशक थिइन् ।

लोर्नाका बुबा डा.फिलिप ब्रेनले न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘उनले आफ्नो काम गरिरहेकी थिइन, त्यही कामले उनको ह’त्या गरिदियो ।’ यद्यपि फिलिपले आफ्नी छोरीमा त्यस्तो कुनै मानसिक रोग नभएको दाबी गरेका छन् । उनले छोरी भर्जिनियामा आफ्नो परिवारसँगै बसेका बेलामा घट’ना भएको दाबी गरेका छन् ।

फिलिपका अनुसार उनी कोरोना संक्रमित बिरामीहरुको उपचार गर्दागर्दै आफैं संक्रमित भएकी थिइन् । त्यसपछि करिब डेढ हप्ता घरमै बसेर उपचारपछि उनी अस्पतालमा काममा फर्किएकी थिइन् । तर अस्पतालले उनलाई फेरि घर फिर्ता पठाएइदिएको थियो । फिलिपले छोरीसँग अ’न्तिमपटक कुरा गर्दा निकै फरक देखिएको दाबी गरेका छन् । उनले छोरीले कोभिड–१९ बाट म’र्ने बिरामीहरुको कसरी मृ’त्यु हुँदैछ भन्ने कहानी सुनाउँथिन् । डा.फिलिपले टाइम्ससँग भने, ‘उनी फ्रन्ट लाइनमा काम गर्दागर्दै निकै अता’लिएकी थिइन् । उनलाई एक नायकको रुपमा सराहना गर्नुपर्छ ।’ अमेरिकाकै एक अखबारका अनुसार लोर्ना आफ्नो परिवारसँग धेरै नजिक थिइन् । उनलाई स्की र साल्सा नृ’त्यु मन पर्दथ्यो । उनी हरेक हप्ता बृद्धाआश्रम पनि जाने गर्थिन् ।

न्युयोर्क प्रेस्बिटेरियन एलेन अस्पतालले एक विज्ञप्ति जारी गर्दै डा.ब्रेन एक हिरो भएको घोषणा गरेको छ । त्यस्तै प्रहरीले पनि एक विज्ञप्ति जारी गर्र्दै उनलाई हिरोको उपमा दिएको छ । स्थानीय प्रहरी प्रमुख राचेल ब्रेकनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्वास्थ्यकर्मीहरु अहिले कोरोना महामारीको फ्रान्टलाईमा काम गरिरहेका हुन्छन् । उनीहरु मानसिक र शारीरिक प्रभावबाट अछुतो रहन्नन् । उनीहरुले अघिपछि पनि तना’वपूर्ण रुपमा काम गरिरहेका हुन्छन्, अहिले त झन् कोरोना महामारीले झन् तनाव बढाएको छ ।’ -बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार