logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अछामका एकै परिवारका ८ संक्रमित निकाे भए


  • राजनीति
  • बुधबार, बैशाख १७ २०७७

भारतमा कोरोना भाइरसबाट संक्रमित नेपाली परिवारका आठ सदस्यहरु उपचारपछि निको भएका छन् ।

अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा गत महिना कोरोना संक्रमण पुष्टि भएको थियो ।

बीबीसी न्युज नेपालीका अनुसार घर मुली, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमण देखिएको थियो ।

उनीहरु झण्डै साढे तीन साताको अस्पताल बसाइँपछि उनीहरु मुम्बईस्थित घरमा फर्किएर आराम गरिरहेका छन् । स्वास्थ्य लाभ गरेपछि उनीहरुले अर्को जीवन पाएको बताएका बीबीसीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार