राजनीति
दुईमध्ये एक पद नछाडे प्रधानमन्त्री हटाउनेसम्मको तयारीपछि केपी ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन आफ्नो पक्षका सांसदहरुको हस्ताक्षर संकलन शुरु गरेको छ ।
सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार पनि सांसदहरुको भेला भएको छ । प्रधानमन्त्रीको पक्षमा प्रतिनिधिसभा र राष्ट्रियसभामा गर ११५ जना सांसदले साथ दिने ओलीनिकट नेताहरुको दाबी छ ।
राजधानी बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं ल्याइँदैछ । सचिवालय बैठकमा स्थायी कमिटी बैठकको प्रस्ताव आउने भएकाले त्यसअघि नै सांसदहरुको समर्थनसहित ओलीले संसदीय दलको बैठक बोलाउन का’उन्ट’र प्रस्ताव लैजाने हस्ताक्षर संकलनमा संलग्न एक नेताले बताए ।
उनले भने, स्थायी कमिटी होइन, प्रधानमन्त्री चयन गर्ने संसदीय दलले हो । त्यसो भए संसदीय दलमै चुनाव गरौ, म दलमै फेस गर्छु भन्नुहुन्छ प्रधानमन्त्रीले । प्रधानमन्त्री फेर्ने हो भने अब संसदीय दलको बैठक हुन्छ ।
प्रधानमन्त्रीले पछिल्ला तीन/चार दिनयता लगातार सांसदहरुसँग भेटेर उनीहरुका कुरा सुनिरहेका छन् । सांसदहरुसँग प्रधानमन्त्रीले कमी कमजोरी हटाउने, अबदेखि पार्टीसँग सल्लाह गरेर चल्ने, तर हटाउन खोजिए सबै परिस्थितिको सा’मना गर्ने बताएका छन् ।
बुधबार बिहानसम्म सुदूरपश्चिम प्रदेशका नेकपाका १९ सांसदमध्ये १६ जना प्रधानमन्त्रीको पक्षमा उभिएपछि बालुवाटार उत्सा’हित भएको छ । प्रदेशगत रुपमा सांसदहरु भेट्ने र उनीहरुको सहमतिको हस्ताक्षर संकलन भइरहेको छ ।
पूर्वएमालेका १२१ मध्ये ओलीको पक्षमा ७८ जना रहेको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो । यसबीचमा केही सांसदले प्रधानमन्त्रीलाई भेटेरै वा अन्य नेतामार्फत खबर गरेर प्रधानमन्त्रीको पक्षमा रहेको जनाउँदा त्यो संख्या ९२ पुगेको ओली निकट नेताहरुले बताएका छन् ।