राजनीति
ह्वाइट हाउसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट अनफलो गरिदिएको छ । १९ दिन पहिले भारतबाट हाइड्रोक्सीक्लोरोक्वाइन औषधी निर्यात गर्न सुरु गरेलगत्तै ह्वाइट हाउसले प्रधानमन्त्री मोदीलाई पछ्याएको थियो । तर बुधबार मोदी लगायत ६ वटा अकाउन्ट अनफलो गरिदिएको जनाइएको छ ।
जसमा मोदी, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय लगायत रहेको बताइएको छ । त्यस्तै अमेरिकास्थित भारतीय दूतावास, भारतस्थित अमेरिकी दूतावास, भारतका लागि अमेरिका राजदूत केन जस्टरको ट्वीटर अकाउन्ट पनि अनफलो गरिएको भन्दै दैनिक भाष्करले समाचार लेखेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेरियाको औषधीको रुपमा प्रयोग भएको हाइड्रोक्सीक्लोरोक्वाइनको माग गरेपछि भारतले सो औषधी उपलव्ध गराउने निर्णय गरेको थियो । त्यसपछि ह्वाइट हाउसले आधा दर्जन ट्वीटर अकाउन्ट फलो गरेको थियो ।
यद्यपि, सुरुमा ट्रम्पले माग गरेलगत्तै भारतले उक्त औषधी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसलगत्तै अमोरिकाले जवाफी कार्वाहीको धम्की दिएपछि भारतले धेरै देशहरुलाई सो औषधी दिने घोषणा गरेको थियो । त्यसपछि ह्वाइट हाउसले ट्वीटर फलो गरेको थियो । तर अहिले अनफलो गरेको छ ।