logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कास्कीमा ६ यातायात समितिसँग आवद्ध ६ जना व्यवसायी पक्राउ


  • राजनीति
  • शुक्रबार, बैशाख २१ २०७५

पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा नगर बस समिति र बागलुङ भगवती जिप समितिसँग आवद्ध ६ जना व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

कास्की प्रहरी प्रमुख अशोक सिंहले पोखराबाट रूद्रबहादुर नेपाली, रमेश सुचीकार, सुनील थापा र निर्मल तामाङ पक्राउ गरेको जानकारी दिए । उनी बस धनी भएको र अन्यलाई पक्राउ गरेर ल्याउदै गरेको सिंहले बताए ।

पोखरामा रहेका समितिका पदाधिकारी भने मोवाइल नै अफ गरेर सम्पर्कमा नआएको प्रहरीको भनाई छ। अन्यलाई पक्राउका लागि खोजी कार्यजारी रहेको प्रहरीको भनाई छ ।

यातायात व्यवसायीको आन्दोलनका कारण पोखरामा बिहानैदेखी लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेको छैन् । जसबाट सर्वसाधारण नागरिकहरु सम्बन्धीत गन्तव्यमा जान समस्यामा परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार