राजनीति
अमेरिकाको मिसिगन राज्यको राजधानी ल्यान्सिङ लगायत केही ठाउँमा युवाहरु लकडाउनको वि’रोध गर्दै हतियार सहित प्रदर्शनमा उत्रिएका छन् ।
बुलेटप्रुफ भेस्ट लगाएर सयौँ युवाहरु अत्याधुनिक ह’तियार सहित बिहीबार सडकमा उत्रिएका हुन् । ल्यान्सिङका गभर्नरले लकडाउन लम्ब्याउने निर्णय गरेसँगै उनीहरु आ’क्रोशित हुँदै आ’न्दोलनमा उत्रिएका थिए । हाल उनीहरुले गभर्नर ग्रेचेन ह्वीटमेरको निर्णयको व्यापक वि’रोध गरिरहका छन् ।
यतिसम्म कि, दर्जनौँ प्रद’र्शनकारीहरुले ह¥तियार र बुलेट प्रुफ भेस्ट लगाएर मास्क विना नै विधायकीको सदनभित्रै प्रवेश गरी हाउस च्याम्बर छाड्न माग गरे । जुन सामान्यतः आम नागरिकका लागि ब’न्द हुने गर्छ । जनप्रतिनिधि र रिपोर्टका लागि राखिएको उक्त भवनभित्रै उनीहरु पुगेर प्रदर्शन गरे ।
उक्क्त भीडले आफूहरुलाई भित्रै रहन दिनुपर्ने भन्दै नारा’वाजी समेत गरेका थिए । यस प्र’दर्शन अप्रिल १५ पछिको सबैभन्दा ठूलो प्रद’र्शन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । मार्च २५ देखि यहाँका बासिन्दालाई घरमै बस्न सरकारले आदेश दिएको छ । अ’त्यावस्यक काम वाहेक सामान्यतः यस क्षेत्रका मानिस कोभिड १९ महामारीका कारण घरभित्रै बस्नु परेको हो ।
जर्जिया, ओक्लोमा, अलास्का, साउथ क्यारोलिना र ओहिओ जस्ता सहर विस्तारै पुन सञ्चालनमा आउन थालेका छन् । अमेरिकामा कोभिड १९ का कारण १० लाख भन्दा धेरै सं’क्रमित हुनुका साथै ६३ हजार भन्दा धेरैको मृ’त्यु भइसकेको छ ।