logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

प्रचण्ड, तपाइलाइ बिचौलिया भएपुग्छ, मेरो सदस्यता खारेज गरिदिनु !


  • राजनीति
  • शुक्रबार, बैशाख १९ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाइ नेपाल चलचित्र बोर्डका पुर्व अध्यक्ष गणेश भण्डारीले मार्मिक पत्र लेखेकाछन । प्रचण्डलाइ राज्यमा दुईचारजना मिडियाकर्मी, विचौलिया र करपोरेट हाउस भए पुगिहाल्ने सोचेको भन्दै दुख व्यक्त गरेकाछन ।

केहि दिन अगाडी आफ्नो फेसबूकमा एक स्टाटस लेख्दै उनले प्रचण्ड मजदुरहरूको नेता नभएर केही विचौलिया र कर्पोरेट जगतका लागि नेता भएको दावी गरेका हुन । उनले आफुहरूले प्रचण्ड संगै विताएका २३ वर्ष निकै रोमाञ्चकारी भएको पनि भनेका छन ।

प्रचण्डका सुरुका दस्तावेजहरू आङैसिरीङ्ग गर्ने भएको र दिएको योजनामा आफुहरूले विनासर्त हाम फालिहाल्ने गरेको लेखेकाछन । पछि पार्टी टुटफुटहुँदा वैचारिक रुपमा प्रचण्डै हो भनेर उनकै पछि लागेपनी संगठनसन्सम्बन्धी मामिला प्रचण्डका केही दोषहरू रहेको कुरा अहिले आएर महसुस भएको भण्डारीले उल्लेख गरेका छन । प्रचण्डको एकैपटक हो पनि र होइनपनी भइन्ने बानी बडो अनौठो भएको भन्दै भण्डारीले अगाडि लेखेका छन ” नेता ले हो वा होइन भन्न सक्न्नु पर्द्छ तर प्रचण्डको बानी अगाडी सबै हो र पछाडि सबै होइन भन्ने देखियो ” । प्रचण्डको कार्यशैली “टाढाको निम्तो खाई पत्याउनु” भन्ने उखान जस्तै भएको भन्दै दुई तिहाईको सरकारको चिरायुको कामनापनी गरेकाछन । अन्त्यमा मनलागे आफ्नो पार्टी सदस्यता खारेज गरेपनी हुने पनि लेखेका छन ।

उनको स्टाटस यो पत्र कम्रेड प्रचण्ड सम्म पुगोस।
प्रिय प्रचण्ड सलाम
तपाइसङ बितयाएका तेईस बर्ष हरु बडो रोमन्चकारी रहे सुरुका तपाईंका दस्तावेज हरु हेर्दा हाम्रा आङ हरु जिरिङ हुन्थे ।हामी तपाईंका योजनामा हाम्फल्थियो बिना सर्त ।पछि पार्टी तुट्फुट भयो , भताभुङ भयो , तै पनि बिचार र राजनितिमा तपाईं नै हो भनेर हामी लागि रह्यौ ।समकालीन राजनितिमा तपाईंले भुमिका निर्बहागर्न सक्नु हुन्छ भन्ने नै लाग्थ्यो , तर बिडम्बना सगठनको ममिलामाक केही दोश हरु केही समस्याहरु रहेछ्न भन्ने अहिले लागिराको छ। एकै पटक हो पनि होइन पनि भन्ने तपाईंको बानी अच्मम लाग्दो छ।नेता ले हो वा होइन भन्न सक्न्नु पर्द्छ।तर तपाईंको बानी अगाडी सबै हो र पछाडि सबै होइन भन्ने देखियो।तपाइलाइ नेस्तनाबुद गर्ने तपाइको हाड गोटेर चन्दनलगौनेलाइ आफ्नु देख्नु, पुर्स्कृत गर्ने र तपाईंलाइ टाउकोमा बोक्नेलाइ तिरिस्कृत गर्न्र यो मोउसम बडो हास्यास्पद छ।तपाईंलाइ लाग्दो हो , दुई चार जना कर्पोरेट हाउस मिडिया र बिचाउलिया भय राज्य ठिकै हुन्छ । तर हामी भुइ मान्छे हरुले कति प्रस्नको जवाफ दिनु पर्छ त्यो हामिलाइ नै थाहा छ ,मैले एउटा उखान सम्झे “ढाटको निम्तो खाइ पत्याउनु” तपाइको कार्य शैली मलाइ तेस्तै लाग्यो तपाईंको दुइतिहाइको सरकार चिरायु रहोस।शुभकामना।मन लागे मेरो पार्टी सदस्यता खारेज गरिदिनुहोला ।
तपाईंकै गणेश भण्डारी ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार