logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

विवाद चर्किएकाे बेला चिनियाँ राजदुतकाे दाहाल – नेपालसंग भेट


  • राजनीति
  • शुक्रबार, बैशाख १९ २०७७

नेपालको पछिल्लो राजनीतिक खिचातानी र कोरोना महामारीबारे चासो राख्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याङछीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

नेकपाभित्र पछिल्लो समय बढ्दै गरेको मतभेद र कोरोना महामारीविरुद्ध आवस्यक रणनीति लगायत विषयमा प्रचण्डसँग कुराकानी भएको बताइएको छ । शुक्रबार बिहान चिनियाँ राजदूत हाउले प्रचण्डसँगको भेटपछि नेकपाका बरिष्ठ नेता माधव नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

यसअघि उनले प्रधानमन्त्री केपी ओलीसँग बिहीबार राति नै भेट गरेकी थिइन् । देशभर कोरोना महामारीको संकट उत्पन्न भइरहँदा सत्तारुढ दल नेकपाभित्र भने उच्चस्तरीय नेताहरुबीच मतभेद देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार