logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गाैतम उभिए ओलीसंग प्रधानमन्त्रीकाे प्रस्ताव स्वीकार


  • राजनीति
  • शनिबार, बैशाख २० २०७७

शनिबार बस्‍न लागेको सचिवालय बैठक अगाडि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन शीर्ष नेता शुक्रबार दिनभर सक्रिय भएका छन्। चिनियाँ राजदुत होउ यान्छीले तीनैजनालाई भेटिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल बेग्ला बेग्लै छलफलमा जुटेका हुन्।

वैशाख ८ मा विवादित दुई विधेयक ल्याइएपछि सतहमा आएको नेकपाको विवाद तीन नेताबीच एकअर्कालाई जसरी पनि त’ह लगाएरै छाड्ने अवस्थामा पुगेको छ। खास गरी प्रचण्ड र नेपालले ओलीलाई जसरी पनि ठे’गान लगाएरै छा’ड्ने रणनीतिसहित उ’त्रिएका बेला उनीहरुबीच छलफल भएको हो।

सचिवालय बैठकको तयारीका लागि अध्यक्षसमेत रहेका ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपालबीच वार्ता भएको हो। बिहीबार राति चिनियाँ राजदूत यान्छीलाई भेटेका प्रधानमन्त्री ओलीले शुक्रबार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेता नेपाललाई बालुवाटारमा डाकेर वार्ता गरेका हुन्।

ओलीले दुवै नेतासँग छलफल गरे पनि नेपाल-दाहालले पनि अलग्गै बैठक गरेका छन्। बालुवाटार वा’र्तापछि कोटेश्वरस्थित नेपाल निवासमा प्रचण्डसँग वार्ता भएको हो। खुमलटारबाट कोटेश्‍वर पुगेका प्रचण्डले ओली इतर समूहको रणनीतिबारेमा नेपालसँग वार्ता गरेका हुन्। ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पदबाट कुनै हा’लतमा बि’दा गर्ने रणनीतिमा रहेका दाहाल-नेपालबीच वार्ताको पुष्टि नेपालनिकट नेता विष्णु रिजालले गरेका छन्।

सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्ड नेपालसँग छलफल गर्न कोटेश्वर पुगेका हुन्। नेपालका सहयोगी मोहन गौतमले भोलि बस्‍ने सचिवालय बैठकमा प्रस्तुत हुने विषयवस्तुबारे छलफल गर्न नेताहरुबीच भेटघाट भएको बताएका छन्।

बुधबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको आन्तरिक वि’वा’दका विषयमा गृहकार्य गरी शनिबारका लागि बैठक बोलाउने निर्णय गरेको थियो। उक्त बैठकमा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष तथा उपाध्यक्ष वामदेव गौतमलाई कोरोना भाइरस संकट अन्त्यपछिको प्रधानमन्त्री प्रस्ताव गरेका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव पारित गराएर सचिवालयबाटै वि’वाद मिलाउने जोड गरिरहेका छन्। वरिष्ठ नेता नेपालले आफू तेस्रो अध्यक्ष नबन्‍ने अडान लिइरहँदा उपाध्यक्ष गौतम भने प्रधानमन्त्री बन्‍न सक्ने सम्भावित बाटोको खोजीका लागि कानुनी परामर्शमा जुटिसकेका छन्। गौतमले प्रस्ताव स्वीकार गरेर स्थायी कमिटीबाट पारित गराउनु पर्ने अडान लिएका छन्।

तर वैशाख ८ मा बसेको सचिवालय बैठकमा अध्यादेशले अ’फ्ठ्यारो पारेको भन्दै आ’क्रोश पोखेका थिए। अध्यक्ष दाहालसहित नेताहरुले ओलीले पार्टीसँग सल्लाह नै नगरी मनमौजी गरेको भन्दै अब दुईमध्ये एक पद छा’ड्नै पर्ने अ’डान लिइरहेका छ्न।

दाहाल-नेपाल समूहका २० जना नेताले ओलीमाथि द’बाब बढाइसकेका छन्। अध्यादेश फिर्ता गरिसकेको अवस्थामा विशेष गरी उत्तरी छिमेकी चीनले नेकपाका नेताहरुलाई अहिलेको अवस्थामा मिलेर अघि बढ्न दबाब दिइरहेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि वैशाख १५ मा फोन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत कोरोना संकटका बेला एकताको सन्देश दिएका छन्।

यसअघिको सचिवालय बैठकमा प्रचण्ड, नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। तर अन्य पाँचजना सचिवालय सदस्यहरु भने यसबारेमा मौन बसेका थिए। अर्कातिर नेपाल र वामदेवलाई नयाँ जिम्मेवारी दिने ओलीको प्रस्तावमा सचिवालय सदस्यहरु ईश्‍वर पोखरेल र विष्णुप्रसाद पौडेलले समर्थन जनाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार