logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओलीलाई रावलको चूनौति : पार्टीमा बहुमत भए प्रमाणित गरेहुन्छ


  • राजनीति
  • शनिबार, बैशाख २० २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा.भीम रावलले बरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने भनेर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रस्ताव नेता नेपालले ठाडै अ’स्विकार गरिदिएको जानकारी दिएका छन् । उनले भने-“नेता नेपालले हामीसँग यो मेरो मा’ग पनि होईन । चाहना पनि छैन भन्नुभएको छ । पार्टीमा हुँदै नभएको तीन वटा अध्यक्ष राखेर राम्रो हुँदैन् । र, यो कुरा मलाई मा’न्य हुँदैन भन्नुभयो ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावमा बरिष्ठ नेता नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहालको वि’रोध नभएकोले भोलि बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा दिनेबारे लिखित रुपमा लेख्ने र गौतमलाई कानूनका कुन विधि र प्रक्रियाबाट प्रधानमन्त्री बनाउने भन्नेबारे स्पष्ट रुपमा लेखिनुपर्नेबारे आफूहरुको जोड रहेको पनि उनले सुनाए । उनले भने-“प्रधानमन्त्री बनाउने भनेर प्रस्ताव ल्याउने व्यक्तिलाई यो कुरा थाहा होला । प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याएपछि हामी पनि छलफल गर्छौं भन्नुभएको छ ।”

उनले पार्टीको विधि, विधान र निर्णय मानेर अघि बढ्दा सम’स्याको समाधान हुने विश्वास दिलाए । रावलले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउन र त्यहाँ बहुमत कसको छ ? भनेर प्रमाणित गरे भईगयो नि त भनेर ओली पक्षलाई सार्वजनिक चूनौतिसमेत दिएका छन् । रावलले नेकपा कुनैपनि हालतमा न’फुट्ने जिकिर गरे । उनले माधव नेपाल प्रधानमन्त्री हुँदा पार्टीको केन्द्रीय कमिटीले राजीनामाको कुरा गर्दा बिना हिचकिचाहट रा’जीनामा दिएको पनि स्मरण गराए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार