logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

ओवामाकाे हत्याकाे याेजना यसरी असफल भयाे


  • राजनीति
  • शनिबार, बैशाख २० २०७७

आज २ मे । सन् २०११ मा अल कायदाका संस्थापक नेता ओसामा बिन लादेन अमेरिकी सेनाद्वारा मारिएका थिए । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा भएको आतङ्कवादी हमलाका मुख्य योजनाकार लादेन नै थिए । यस घटनाको झन्डै १० वर्षपछि पाकिस्तानको अबोट्टावादस्थित एक घरका लुकेर बसेका लादेनलाई अमेरिकी सेनाले घे-यो ।

स्थानीय समयअनुसार मध्यरात १ बजे अमेरिकी सेनाका दुई हेलिकोप्टरले अबोट्टावादस्थित लादेन बसेको घरको कम्पाउन्ड घेरेर आक्रमण थालेको थियो । त्यसपछि झन्डै ४० मिनेटसम्म भिडन्त चल्यो । अमेरिकी सेनाको आक्रमणमा बिन लादेन र उनका एक छोरासहित ५ जना मारिए । यस भिडन्तमा अमेरिकी सेनाका कोही पनि हताहती भएनन् ।

यसपछि आधिकारीकता पहिचानका लागि बिन लादेनको शवलाई हेलिकोप्टरमार्फत अफगानिस्तान लगियो । हत्याको २४ घण्टा नबित्दै अबेरियन सी आसपास अज्ञात स्थलमा उनको शवलाई इस्लामिक परम्पराअनुसार अन्त्येष्टी गरियो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउसबाट भिडन्तलाई प्रत्यक्ष हेरेका थिए । उनले टेलिभिजनमार्फत सम्बोधन गर्दै लादेन मारिएको जानकारी विश्वलाई दिए । ‘न्याय मिलेको छ,’ उनले भनेका थिए । यो समाचारपछि ह्वाइटहाउस बाहिर, न्युर्योक शहरको टाइम्स स्क्वायर तथा ११ सेप्टेम्बरको हमला भएका स्थानमा खुसीयाली मनाउन अमेरिकीहरु भेला भए ।

आक्रमणपछि अमेरिकी सेनाले लादेनको कम्प्युटर र अन्य कागजात बरामद ग-यो । यी सामाग्री अध्ययन गर्दा लादेनले ओबामाको हत्याको योजना बनाएको देखियो । त्यस्तै, उनले अमेरिकामा शृंखलाबद्ध रुपमा आक्रमण गर्ने योजना पनि बनाएका थिए । एउटा हमला पुरानो आक्रमणको झल्को दिनेगरी ११ सेप्टेम्बरमै गर्ने योजना बनाएका थिए । ११ सेप्टेम्बर २००१ अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो आतंकवादी हमला भएको दिन हो, यसमा ३ हजार मानिस मारिएका थिए ।

२००१ को आक्रमणपछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसले बिन लादेनलाई जिउँदै वा मारेर कब्जा गर्ने घोषणा गरेका थिए । सन् १९५७ मा साउदी अरेबियाको धनाढ्य परिवारमा जन्मिएका लादेनले आफ्नो अंशमा आएको अर्बौं डलर अलकायदको स्थापना गर्न र यसका गतिविधि सञ्चालन गर्न खर्चेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार