logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काेराेना चिनले बनाएकाे नभई प्राकृतिक भाइरस हाे : WHO


  • राजनीति
  • आइतबार, बैशाख २१ २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको प्रयोगशालामा बनाइएको भनेपछि विश्व स्वास्थ्य संगठनले त्यसको खण्डन गरेको छ । ट्रम्पले शुक्रबार कोरोना भाइरस चीनको प्रयोगशालामा बनाइएको र त्यसको प्रमाण आफूसँग रहेको, तर सार्वजनिक गर्न नमिल्ने दाबी गरेका थिए । त्यसको दोस्रो दिन आज शनिबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस कोभिड– १९ प्राकृतिक भाइरस नै रहेको बताएको हो ।

भिडियो पत्रकार सम्मेलनमा बोल्दै विश्व स्वास्थ्य संगठनका आपतकालीन प्रमुख माइकल रायनले कोरोना भाइरस प्राकृतिक नै रहेको बताएका हुन् । ‘वैज्ञानिकहरूको धेरैभन्दा धेरै अध्ययन र अनुसन्धानले भाइरस प्राकृतिक रूपमै उत्पन्न भएको देखिएको छ,’ उनले भनेका छन् ।

त्यस्तै, विश्व स्वास्थ्य संगठनले चीनलाई जनावरमा कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न आग्रहसमेत गरेको छ । कोरोना भाइरस चीनको सामुद्रिक तरकारी बजारबाट मानिसमा सरेको हुन सक्ने आशंका गरिएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार