logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रधानमन्त्रीको जिवनकै पहिलो आत्मआलोचना गराएको प्रचण्ड समुहको सश्लेषण


  • राजनीति
  • सोमबार, बैशाख २२ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा पछिल्लो समय बसेको सचिवालय बैठकमा पुर्व माओवादी अर्थात प्रचण्ड समुहले आफुहरुले आशिक रुपमा उपलब्धि हासिल गरेको सश्लेषण गरेको छ । खुमलटार स्रोतका अनुसार ओलीलाइ पहिलो पटक आत्माआलोचना गराउन सक्नु, स्थायी समितिको बैठक बोलाउन सक्नुलाइ उपलब्धि मानेको छ ।

पार्टी भित्रको वि’वादले कडा रुप लिएको थियो कति सम्म भने ओलीलाइ पार्टीबाट अप’मानजनक ढंगले बर्खास्त गर्ने सम्मको बहसहरु बाहिरिएका थिए । तर गत २० गतेको बालुवाटार बैठकले त्यो बिश्लेषणलाइ अर्कै मोडमा पुर्‍याएको छ । यधपी विवाद अझै साम्य भएको छैन मात्र सर्गमी घटेको मात्र हो । बैशाख २५ गते स्थायी समितिको बैठक बस्दैछ । त्यसको पुर्व चलेका छलफल र आएका अभिव्यक्ति हेर्दा वि’वाद टुग्गीएको छैन भन्ने बुझिन्छ ।

यसै बिचमा २० गते बसेको सचिवालय बैठकलाइ पुर्व माओवादीहरुको केन्द्र खुमलटारले भने केहि उपलब्धि भएको निश्कर्ष निकालेको छ । खुमलटार स्रोतका अनुसार सचिवालय बैठकका ५ उपलब्धि यस्ता रहेकाछन ।

कोटेश्वरमा माधव नेपाल पक्षको भेला चलिरहँदा पूर्वमाओवादी खेमाका केही नेताहरु प्रचण्ड निवास खुमलटार पुगेका थिए । खुमलटारमा नेताहरुले सचिवालय बैठकबाट के-के उपलब्धि भए भन्नेबारे संश्लेषण गरेको स्रोतले बतायो ।

पूर्वमाओवादी खेमाका एक नेताले भने, ‘नेकपा सचिवालयमा आंशिक उपलब्धि भएको हाम्रो निश्कर्ष छ ।’पूर्वमाओवादी नेताले सुनाएका ती ‘पाँच उपलब्धि’ यस्ता छन्-

एक – हामीले अध्यादेश फिर्ता हुनुपर्छ भनेका थियौं, फिर्ता भयो ।

दुई – स्थायी कमिटीको बैठक माग गरिएको थियो, वैशाख २५ मा बैठक हुने भयो ।

तीन – बालुवाटारमै हस्ताक्षर अभियान चलाएर पार्टी फुटाउन खोजिराखेका थिए, हामीले पार्टी एकता जोगाउनुपर्छ भनेका थियौं, त्यो अपिल सफल भयो ।

चार – प्रधानमन्त्रीले इतिहासमै अहिलेसम्म आ’त्मालोचना गरेको रेकर्ड रहेनछ, उनले सर्लक्कै मेरो गल्ती भयो, कमजोरी भयो भनेर आ’त्मालोचना गरे ।

पाँच – प्रधानमन्त्रीबाट कमसेकम सल्लाहले काम गर्छु, मिलेर जाऔं भन्नेसम्म चाहिँ भएको छ । यी सकारात्मक उपलब्धि हुन् । अब अरु विषयहरु त स्थायी कमिटीमा आउलान् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार