logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओली दाहाल बिच भेट, यस्तो भयाे नयाँ सहमति


  • राजनीति
  • सोमबार, बैशाख २२ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। सोमबार बालुवाटारमा अध्यक्षद्वयबीच छलफल भएको हो।

छलफल २५ गते बस्ने भनिएको स्थायी समितिको बैठक तयारीका लागि भएको थियो। स्थायी समिति बैठकमा कस्ता कस्ता एजेण्डा प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको स्रोतले जानकारी दियो। ‘सरकार र पार्टी सञ्चालनमा के-के कमजोरी छ र कसरी सच्याउने भन्ने विषयमा छलफल भयो’ स्रोतले भन्यो।

प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी विभाजन गर्न सहज हुने ढंगले अध्यादेश ल्याएपछि नेकपाभित्र चर्को विवादको कारण फिर्ता लिनु परेको थियो। सोही विषय पनि स्थायी समिति सदस्यहरुले उठाउने तयारी गरेका छन्।

प्रचण्ड र महासचिव विष्णु पौडेलले स्थायी समितिमा लैजाने प्रस्ताव तयार गर्दैछन्। नेकपाको शनिबार बसेको बैठकले प्रस्ताव तयार पार्ने जिम्मेवारी प्रचण्ड र पौडेललाई दिएको थियो।

नेकपाभित्र एक पद, एक व्यक्ति मुख्य समस्याको विषय रहेको छ। माधवकुमार नेपाल समूहले सुरुदेखि एक पद, एक व्यक्ति हुनेपर्ने भन्दै बताउँदै आएको छ। सो विषय स्थायी समितिमा लैजानुपर्ने प्रचण्डले ओलीलाई बताएका छन्। स्रोतका अनुसार उक्त विषयले स्थायी समिति बैठकमा प्रवेश पाउने प्रचण्ड निकट एक सदस्यले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार