राजनीति
राहत वितरणका क्रममा वि’वाद हुँदा सिरहाको मिर्चैया नगरपालिका ७ मा सोमबार प्रहरी र स्थानीय वासिन्दाबीच झ’डप भएको छ । झड’पका क्रममा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घा’इते भएका छन् ।
वडा कार्यालयको प्राङ्गणमा वडा अध्यक्षयको उपस्थितिमा अति विपन्न १३४ घरधुरीलाई राहत वितरण भइरहेको थियो । त्यही बेला सोही वडाका असन्तुष्ट स्थानीयहरुले आफूले पनि राहत पाउनु पर्ने माग गरेपछि वि’वाद सुरु भएको थियो । वि’वाद साम्य पार्ने क्रममा प्रहरी र स्थानीयबीच झ’डप भएको हो ।
झ’डपका क्रममा प्रहरीले चार राउण्ड अश्रुग्यास र नौ रा`उण्ड एसएलआरबाट हवाइ फा’यर गरेको इलाका प्रहरी मिर्चैयाका प्रमुख डीएसपी सन्तु जैसवालले जानकारी गराए । हो हल्ला गर्नेहरुले ढुंगा प्रहार गर्न थालेपछि अश्रु ग्यास र हवाइ फा’यर गर्नुपरेको प्रहरीको भनाइ छ ।
स्थानीयले राहत लिनेको सुचीमा धनीको नाम समावेश गरिएको भन्दै वि’रोध जनाएका थिए । अहिले अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ । घा’इतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । राहत वितरणको वि’वाद मिलाउन स्थानीय, वडा अध्यक्ष र प्रहरीबीच छलफल भइरहेको प्रहरीले जानकारी दियो ।