logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

उत्तर र दक्षिण कोरियाली सेनाबीच गो’ली हानाहान


  • एजेन्सी
  • मंगलबार, बैशाख २३ २०७७

उत्तर र दक्षिण कोरियाका सेनाबीच गो’ली हानाहान भएको छ। द्विदेशीय सीमास्थित असैन्यकृत क्षेत्रमा घट’ना भएको हो।

उत्तर कोरियाली सेनाले मे १ तारिखको राती दक्षिण कोरियाको सैन्य चेकपोस्टमा गो’ली प्रहार गरेको सियोलस्थित सैन्य मुख्यालयले जनाएको छ। घ’टनामा मानवीय क्षति भएको छैन। जवाफस्वरुप आफ्नो तर्फबाट पनि दुई राउण्ड फा’यर गरिएको दक्षिण कोरियाले जनाएको छ।

थप तनाव बढ्न नदिन उत्तरतर्फ सम्पर्क गर्ने कोशिश भइराखेको दक्षिण कोरियाले जनाएको छ। उत्तर कोरियाले गो’ली चलाउनुको कारण खुलेको छैन।

दुई देशबीच गत पाँच वर्षयता पहिलोपटक सीमा क्षेत्रमा गो’ली हा’नाहान भएको हो। सन् १९५३ को यु’द्धपछि दुई देशको सीमामा असैन्यकृत क्षेत्र कायम गरिएको थियो।

मृ’त्यु भइसकेको भन्ने हल्लाका बीच उत्तर कोरियाली शासक किम जोङ उन सार्वजनिक रुपमा देखिएको २४ घण्टा बित्न नपाउँदै घट’ना भएको हो।

#

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार