राजनीति
माओवादी केन्द्रका बैचारिक भेट्रान नेता विश्वभक्त दुलाल ‘आहुती’ ले नयाँ पार्टी गठन गरेका छन् । कम्युनिष्ट नेता कार्ल माक्र्सको दुई सयौं जन्मजयन्तीको अवसर पारेर शनिबार ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ को नयाँ पार्टी गठन गरेका हुन । जसको संयोजक आहुती आफै हुन । माओवादी केन्द्रले गएको असोज १७ गतेदेखि नेकपा एमालेसँग पार्टी एकताको प्रक्रिया शुरु गरेपछि त्यसप्रति असन्तुष्टि जनाउदै आएका थिए ।
आहुतीद्वारा जारी पार्टी घोषणा बक्तत्यमा भनिएको छ, ‘विश्व सर्वहारा—श्रमिक वर्ग तथा सिंगो मानवताको मुक्तिको विचारधारा माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सको द्विशतवार्षिकीको विशेष सन्दर्भमा नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणको संगठित पहल शुरु भएको घोषणा गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी र गौरव महसुस भएको छ ।’
