राजनीति
सत्तारुढ दल नेकपाकाे स्थायी कमिटीकाे बैठक बिहिवार अर्थात २५ गते बस्दैछ। बिभाजनकाे डिलमा पुगेकाे नेकपाबिच सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्माआलाेचना गरेपछि टरेकाे भनिएकाे छ ।
सचिवालयले २५ गते स्थायी कमिटीकाे बैठक बाेलाउने निर्णय गरेपछि बैठकका एजेन्डा तय गर्ने जिम्मेवारी अर्का अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पाैडेललाई दिईयाे तर ती एजेन्डा बारे हिजाे दिनभर जसाे प्रधानमन्त्री सहित शिर्ष नेताहरुसंग परामर्श मा ब्यस्त भए प्रचण्ड तर केही उपलब्धि हात लागेन बरु प्रचण्ड कै भनाइ अनुसार प्रधानमन्त्री ओली सहमति बाट भागे ।
ठिक यस्तो अवस्थालाई मध्यनजर गर्दै दाेस्राे पुस्ताका २० नेताले प्रस्ताव सहि नआए फरक प्रस्ताव लियर जाने तयारी गरेकाे बुझिएकाे छ । नेकपाले पर्सि स्थायी कमिटीको बैठक बोलाएको छ । दुई अध्यक्षले साझा प्रस्ताव तयार पार्न नसकिरहेका बेला स्थायी कमिटी माग गर्दै हस्ताक्षर गरेका २० नेताहरुको भने अर्कै तयारी छ । उनीहरुले कोरोना सम्बन्धी सरकारको काम र विवा’दास्पद अध्यादेश बैठकको एजेण्डा बन्छ कि बन्दैन भन्ने चासो राखेका छन् ।
एक नेता भन्छन्, ‘यदि यो एजेण्डामा आएन भने हामी आफ्नोतर्फबाट राख्न लगाउँछौं ।’
सरकारले अध्यादेश फिर्ता लिएपनि यसबारे छलफल गर्नुपर्ने उनीहरुको तर्क छ । ‘अध्यादेश फिर्ता लिएपनि प्रधानमन्त्रीले हाम्रा नेताहरुले कुरा बुझेनन् भन्नु भएको छ । त्यसो हो भने औचित्य पुष्टि गर्नुपर्छ’ हस्ताक्षरकर्ता मध्ये एक नेताले भने, ‘होइन भने गलत प्रस्ताव ल्याएकोमा नेतृत्वले गल्ती स्वीकार गर्नुपर्छ ।’