logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

चिनकाे ल्यावमा काेराेना बनेकाे प्रमाण पेश गर्न अमेरिकालाई WHO काे आग्रह


  • एजेन्सी
  • बुधबार, बैशाख २४ २०७७

अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले बारम्बार विश्व स्वास्थ्य संगठनले चीनको पक्षमा वकालत गरेको र चीनको ल्याबमा कोरोना भाइरस बनेको आ’रोप लगाउँदै आएका छन् ।

यता, डब्ल्यूएचओले अमेरिकाको यस्तो दाबीलाई प्रमाणविहिन भएको बताउँदै अमेरिकालाई चीनको ल्याबमा कोरोना भाइरस बनाएको प्रमाण पेश गर्न आग्रह गरेको छ ।

डब्ल्यूएचओले यदि अमेरिकासँग कुनै प्रमाण भए पेश गर्नुपर्ने बताएको छ । र, कोरोना भाइरस प्राकृतिक रुपमा नै फैलिएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनका माइकल रेयानले भनेका छन्, ‘हाम्रो बुझाईमा अमेरिकाले गरेको दाबी का’ल्पनिक हो ।’ उनले भने, ‘कुनै पनि ल्याबमा कोरोना भाइरस निर्माण गरिएको बारे अमेरिकासँग कुनै ठोस प्रमाण छैन । ’ उनले डब्ल्यूएचओले अमेरिकासँग यस्तो भए जानकारी गराउँनसमेत आग्रह गरेको छ ।

ट्रम्पको प्रशासनले चीन र संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सी दुवैमाथि वुहानमा उत्पन्न भएको भाइरसविरुद्ध कुनै कदम नचालेको समेत आरोप लगाएको थियो ।

रेयानले संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीले दिएको जानकारी र प्रमाणका अनुसार कोरोना भाइरस प्राकृतिक रुपमा उत्पन्न भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार