राजनीति
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक दुई पक्षबीच चर्का’चर्की भएपछि प्रधानमन्त्री केपी शर्मा ओली निस्किएर हिँडेका छन्। बालुवाटार स्रोतमा अनुसार बैठकमा दुई पक्षबीच चर्का’चर्की भएपछि ओली बाहिरिएका हुन्। बिहिबार बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न यो बैठक बोलाइएको थियो।
नेकपामा मुख्य विवाद गरेको एक पद एक मुख्य जिम्मेवारीमा वि’वाद भएको स्रोतले अन्नपूर्णलाई जानकारी दियो। नेकपामा महुमत सचिवालय सदस्य एक पद एक मुख्य जिम्मेवारीलाई कार्यन्वयन गर्ने रहेपछि चर्काचर्की भएको हो। प्रधानमन्त्री ओली बाहिरिए पनि बैठक सुचारु भइरहेको छ। बैठकले बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक बस्ने निर्णय गरेको छ।
यसैबीच बुधबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न गरी वामदेव गौतम खुमलटार गएका थिए। प्रचण्डसँगै आफू रहने गौतमले विश्वास दिलाएका थिए। बुधबार बिहान नै माधवकुमार नेपाललाई पनि गौतमले आफु दायाँबायाँ नजाने सन्देश पठाएका थिए।